दश दिनभित्रै दशौँ खेलकुदको मिति तोक्ने खेलकुदमन्त्री चौधरीको प्रतिबद्वता

सुर्खेत । बारम्बार सारिँदै आएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति आगामी दश दिन भित्र तोक्ने युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतिबद्धता जनाएका छन् ।
सुर्खेतमा निर्माण गरिएका खेलकुदका भौतिक पूर्वाधारको स्थलगत अध्ययन तथा अवलोकन गर्न आएका मन्त्री चौधरीले पहिलोप्रेससँग कुरा गर्दै मिति तोक्न ढिला गरेको खण्डमा प्रतियोगिताको मिति नै सर्ने जोखिम भएको बताए ।
‘जिल्ला स्तर देखि प्रदेश स्तरसम्म खेलाडी छनौटका लागि आन्तरिक प्रतिस्पर्धा गराउनुपर्ने, बजेट व्यवस्थापन देखि खेलकुद सामाग्री व्यवस्थापनसम्मको कार्य गर्नुपर्ने छ ।’ मन्त्री चौधरीले भने, ‘कर्णालीमा २४ ओटा खेल खेलाउने तयारी छ । कुन खेल कहाँ खेलाउने, कसरी खेलाउने आदि निर्णय गर्नुपर्ने छ । वोर्डको वैठक बसेर मन्त्रीपरिषदबाट निर्णय गराई हामी मिति घोषणा गर्छौँ ।’
उनले खेलमात्रै खेलाउने भए भोली नै खेलाउन सकिने भएपनि कर्णालीको नाम राख्ने गरि प्रतियोगिता आयोजना गरिने बताए ।
आजै सुर्खेत आएर आजै फर्किनुको कारण बारे बताउँदै खेलकुद प्रतियोगिताको मिति कहिले तोक्दा उत्तम होला भन्ने कुराको जानकारी लिनु नै रहेको मन्त्री चौधरीले प्रष्ट्याए ।
मन्त्री चौधरीले प्रदेश र संघीय सरकारले सहकार्य गरेर नै खेलकुद प्रतियोगिता सम्पन्न गर्ने बताए ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले खुलकुद प्रतियोगिता अब सार्न नहुनेमा जोड दिएको बताए । ‘अब खेलकुद प्रतियोगिता सार्न हुँदैन । खेलकुद प्रतियोगिताको आयोजक संघीय सरकार भएका कारण यथाशक्य मिति टुंगो लगाउनुहोस भनेर मैले सुझाव दिएँ ।’ मुख्यमन्त्री कंडेलले भने, ‘कर्णालीमा खेलकुद प्रतियोगिता गराउन प्रदेश सरकारले के भूमिका खेल्नुपर्छ हामी तयार छौँ भनेर मन्त्री चौधरीलाई भनेका छौँ ।’
दशौ राष्टिय खेलकुदको सम्बन्धमा परामर्श गर्न आज सुर्खेत पुगेका युवा तथा खेलकुद मन्त्री तेजुसंग चौधरीसंगको छलफलमा मु्ख्यमन्त्री कडेलले पटक पटक मिति तोक्ने तर खेलकुद नहुने हुँदा त्यसले नकारात्मक सन्देश गएकोले अव त्यस्तो गल्ती नदोहोर्याउन सघीय सरकारलाई आग्रह गरे।
उनले भने, कर्णालीमा खेलकुद गर्ने विषयमा हाम्रो तर्फवाट हामी प्रतिबद्व छौ र त्यही अनुसार तयारी पनि गरिरहेका छौ तर आयोजक तपाइहरू हो, अव पनि मिति तोक्दै खेल नहुने हो भने अहिले नै बिचार गरेर मिति तोक्नु होला। मुख्यमन्त्री कडेलले मिति तोक्दा संघीय र प्रदेशको जिममेवारीसिहत स्पष्ट तालिका बनाउन आग्रह समेत गरे। मुख्यमन्त्री कडेलले प्रतियोगिता आयोजना गर्ने नाममा यस अघि भएका कमजोरी दोहिरन नदिने तर्फ अहिलेदेखि नै सचेत हुनुपर्ने बताए। उनले प्रतियोगिता गर्न यस अघि गठन गरिएका उपसमितिप्रति असन्तुष्टी जनाए।
उनले भने,यहाँ नभएका जनशक्ति बाहिर ल्याउनुहोला तर प्रतियोगिता कै लागि जम्बो उपसमिति बन्ने र बनाउने तर्फ सचेत रहनुहोला। मुख्यमन्त्री कडेलले प्रधानमन्त्री केपी शर्मा अोलीले राष्टिय खेलकुद आयोजनाको सन्दर्भमा चासो सहित केहिदिन सरोकारवालालाई समेत निर्देशन दिएकोमा त्यसतर्फ ध्यान दिन खेलकुद मन्त्री सुझाव दिए। उनले भने, केहि दिन तपाईहरूलाई सम्माननीय प्रधानमन्त्रीले समेत प्रतियोगिताको मिति नसर्ने गरि काम गर्नुस भनेर निर्देशन दिनु भएको रहेछ, हाम्रो स्स्प्रिड पनि त्यहि हो ।
एक अर्को प्रसंगमा मुख्यमन्त्री कडेलले प्रतियोगिता आयोजना गर्ने तर्फ प्रदेश सरकारको पुरै ध्यान केन्द्रित भएकोले प्रदेश खेलकुद परिषदका रिक्त पदहरूमा नियुक्त गर्न छलफल शुरू भएको तथा रंगशाला लगायत बाँकी पूर्वाधार निर्माणका काम तत्कालै अघि बढाइने बताए। राष्टिय खेलकुद प्रतियोगिताका सबै पूर्वाधार आयोजक सघीय सरकारले नै निर्माण गर्ने भएपनि दशौ खेलकुदका अधिकांश खेलका लागि कर्णाली प्रदेश सरकारले पू्र्वाधार निर्माण गरेको बताउदै मुख्यमन्त्री कडेल थप पूर्वाधार बनाउने कुरामा सघीय सरकारले सहजीकरण गर्नु पर्ने बताए।
युवा तथा खेलकुद मन्त्री चौधरीले प्रतियोगिताका लागि अव मिति नसर्ने गरि तयारी भइरहेकोले त्यसमा ढुक्क हुन आग्रह गरे। उनले सुर्खेत आसपास हुने गरि प्रतियोगिताका लागि २४ वटा खेलको लागि तयारी भएको बताउदै जानकारी गराए। छलफलमा कर्णाली प्रदेशका आर्थिक मामिला मन्त्री राजीवबिक्रम शाह, सामाजिक मन्त्री धनश्याम भण्डारी लगायतको उपस्थिति थियो।
पहिलोप्रेस
२२ श्रावण २०८२, बिहीबार १६:४८