अध्यादेश ल्याएर भएपनि केहि दिनमै प्रदेश खेलकुदकाे सदस्य सचिव नियुक्त गर्छौँः मन्त्री भण्डारी

सुर्खेत । कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले अबको केहि दिनमै कर्णाली प्रदेश खेलकुद विकास परिषदको सदस्य सचिव नियुक्त गर्ने बताएका छन् ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगित आयोजना नहुनुमा कर्णाली सरकार पनि उत्तिकै दोषी भनेर प्रचार गरिँदै आएकोमा दुःख व्यक्त गर्दै मन्त्री भण्डारीले भने, ‘हामीले कर्णालीमा छिटो भन्दा छिटो खेलकुद आयोजना होस भनेर संघीय सरकारलाई बारम्बार दवाव दिदैँ आएका थियौँ र छौँ । हामी आयोजक नभएका कारण हामीले आयोजना गर्ने कुरा भएन तर बाहिर कर्णाली सरकारलाई बढी यो विषयमा मुछ्ने कार्य भएको छ, यसबाट दुःख लागेको छ ।’ मन्त्री भण्डारीले भने, ‘खेलकुदको सदस्य सचिव नियुक्तिमा ढिलाई गर्नुको एक मात्र कारण थियो, त्यो भनेको रंगशाला निर्माण कम्पनीले रंगशाला हस्तान्तरण गरेको खण्डमा नौ करोड भुक्तानी दिने देखि अन्य जिल्लामा खेलकुदका कार्यक्रमहरुको भुक्तानी दिन सहज होस भन्ने ध्येय हो । यसमा राजनीतिक रुपमा कुनै स्वार्थ होईन तर रंगशाला निर्माणकर्ताले हस्तान्तरण नगर्दै विद्धान अधिवक्ताले मुद्दा हाल्नुभयो, हामीले असारसम्म नौ करोड भुक्तानी गर्ने भनेका थियौँ, त्यो रकम यसवर्ष दायित्व थप भएको छ । यसअघि कर्णाली प्रदेश रंगशाला निर्माणको सुरुवात देखि नै यहाँका कर्मचारीले कसले के काम गरेका थिए, थाहा पाउनु भएकै कारण खेलकुद महाशाखा प्रमूखलाई नै ्अख्तियारी दिएर कामकाजमा खटाई सकिएको अवस्था थियो ।’
मन्त्री भण्डारीले खेलकुद परिषदको सदस्य सचिव नियुक्ति गर्ने तर पारिश्रमिक नदिने कार्य राम्राे नभएको बताउँदै अब केहि दिनमा अध्यादेश ल्याउने र त्यहाँ सदस्य सचिवको पारिश्रमिक तथा सेवा सुविधा तोकेर नियुक्त गर्ने तयारी सरकारले गरेको बताए ।
यस्ता छन एक वर्षे कार्यकालमा मन्त्रालयबाट सम्पादन भएका कार्य
स्वास्थ्य तर्फः
- आ.व. २०८२/८३ को आर्थिक वर्षको सुरूवात मै साउन ११ गते नै वार्षिक कार्यक्रम सञ्चालन दिग्दर्शन स्वीकृत भई कार्यान्वयनमा ।
- प्रदेश स्तरिय वार्षिक समीक्षा कार्यक्रम गरी आगामी आर्थिक वर्षका कार्यक्रमहरूबारे अभिमुखीकरण गरिएको ।
- डेङ्गि रोग नियन्त्रण, श्रावन महिना– डेंगी सचेतना महिना राष्ट्रिय अभियान अन्तर्गत लार्भा खोज र नस्ट अभियान सञ्चालन ।
- कडा रोगमा मेजर अपरेशन गरेका १३१ जना बिरामीलाई प्रति बिरामी रू. एक लाख सम्मको उपचार सहायता प्रदान। आगामी आर्थिक वर्षमा कडा रोगमा नयाँ रोगहरू थप गरी रकम उपलब्ध गराईने । प्रदेश अस्पताल सुर्खेतमा मृगौला तथा कलेजो प्रत्यारोपण RH Incompatibility रोगका बिरामीहरूको उपचार सहायता रकम उपलब्ध गराउने । साथै, विपन्न तथा असहाय नागरिकहरूका लागि स्वास्थ्य उपचार तथा यातायात खर्च प्रदान गर्नका साचे मृत्यु भई धार्मिक संस्कार गर्न नसक्ने परिवारका लागि शववाहन वापतको रकम उपलब्ध गराईदै छ ।
- पाठेघरको मुखको क्यान्सर विरूद्धको खोप अभियान मार्फत ९५ प्रतिशत भन्दा माथि किशोरीलाई खोप लगाइएको र आगामी आर्थिक वर्षमा नियमित खोप कार्यक्रम मार्फत सञ्चालन हुनेछ ।
- डोल्पा, जुम्ला र रूकुम पश्चिम जिल्लाका विभिन्न स्थानमा विशेषज स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । चालु अर्थिक वर्षमा थप प्रभावकारी बनाईदै छ ।
- कर्णाली स्वास्थ्य पाश्र्वचित्र अंग्रेजी तथा नेपाली भाषामा तयार गरी प्रकाशन गरिएको छ ।
- कर्णाली प्रदेश अस्पताल स्तरोन्नती सम्बन्धमा अध्ययन गर्न उच्चस्तरीय अध्ययन समिति गठन गरी प्रतिवेदन प्राप्त भई उपयुक्त सुझाव कार्यान्वयनका लागि काम भईरहेको ।
प्रदेश अन्तर्गत जिल्लास्तरका अस्पतालको शैय्या एकिन गर्दै अस्पताल सुदृढीकरणका लागि कार्यदल बनाई प्रतिवेदन तयार भएको छ। साथै, प्रतिवेदनको कार्यान्वयनका लागि आवश्यक बजेट विनियोजन सहित नीति निर्माण र निर्णयहरू गरिदैछ । - आँखा स्वास्थ्य लगायत पेशागत जोखिम भएका पेशाकर्मीहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । आँखा अस्पतालहरूको सुदृढीकरणका लागि आवश्यक कार्यहरू गरिदैछ ।
- स्वास्थ्य संस्थास्तर मै मानसिक स्वास्थ्य सम्बन्धी परामर्श तथा उपचारको व्यवस्था मिलाईएको छ ।
- स्थानीय तहका पदाधिकारी तथा स्वास्थ्यकर्मीहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी अभिमुखीकरण कार्यक्रम (रूकुम पश्चिम, जुम्ला, जाजरकोट र डोल्पा जिल्ला)
- मेडिकल अधिकृत लगायत अन्य स्वास्थ्यकर्मीहरूका लागि मानसिक स्वास्थ्य सम्बन्धीMHGap Module 2A र 2B तालिम, कार्यक्रम सञ्चालन गरिएको छ
- प्रदेशमा रहेका साझेदार संस्थाहरूसँग प्रादेशिक स्वास्थ्य समन्वय समुह तथा समन्वयात्मक रूपमा सामाग्री तथा आवश्यक सहयोगको लागि (CAHM) को नियमित बैठकबाट रणनीति तय गरी कार्यक्रम कार्यान्वयन समन्वय ।
- तथ्यांक गुणस्तर सुधारका लागि जिल्लामा मासिक समिति बैठकपछि पालिका र स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूसँग अनलाइन माध्यमवाट मासिक डाटा सम्बन्धी बैठक ।
- रुकुम पश्चिम, सल्यान, जाजरकोट, दैलेख, कालिकोट, जुम्ला, मुगु, सुर्खेत डोल्पा जिल्लास्थित मातहतका कार्यालयहरूको मन्त्री तथा सचिवस्तर अनुगमन ।
- छात्रवृत्ति करारका चिकित्सक स्वास्थ्यकर्मी लगायतका बन्द कर्मचारीलाई आवश्यकताका आधारमा जिल्ला तथा स्थानीय तहसम्म उचित व्यवस्थापनसहित कार्यस्थलमा खटाइएको ।
- प्रदेश स्वास्थ्य आपूर्ति श्रृंखला व्यवस्थापन निर्देशिका २०८१ स्वीकृत भई कार्यन्वयनमा गएको ।
- निर्माण व्यवसायीहरूसँग अन्तरक्रिया गरी निर्देशन प्रदान ।
- डोल्पा जिल्लाको त्रिपुरासुन्दरी नगरपालिकामा विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरी करिब १५०० जनालाई सेवा प्रवाह गरिएको ।
- स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत लगायत अन्य जिल्लास्थित स्वास्थ्य सेवा कार्यालयहरूमार्फत जिल्ला कारागार कार्यालयमा रहेका कैदीबन्दीहरूका लागि एच.आई.भि तथा यौन रोग रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम र सामान्य उपचार सेवा प्रदान ।
- जिल्ला कारागार सुर्खेतमा AI जडित डिजिटल पोर्टेबल एक्स–रेको माध्यमबाट १५७ जनामा क्षयरोगको स्क्रिनिङ्ग भएकोमा १९ जना सम्भावित क्षयरोग बिरामीहरूको नमूना संकलन गरी परीक्षणका लागि पठाईएको
- जिल्लास्थित अस्पतालमा मुख्य अप्रेसनहरू जस्तै Cesarean section, Appendectomy, Hydrocele, Minor orthopedic surgery सेवाहरू विस्तार गरी विशेषज्ञ सेवा सञ्चालन गरिएको ।
- अस्पतालहरूमा नवजात शिशको विशेष स्याहारका लागि SNCU सेवा सञ्चालनजनस्वास्थ्य सेवा मार्फत पोषण समिक्षा आमा सुरक्षा सम्बन्धी Onsite coaching and mentoring. Data verification onsite coaching and mentoring, खोप सम्बन्धी विभिन्न तालिम सञ्चालन ।
- एक स्वास्थ्य अवधारणा सम्बन्धी प्रदेशस्तरीय एक स्वास्थ्यको समिति गठन गरी मानव स्वास्थ्य, पशु स्वास्थ्य वातावरण स्वास्थ्य लगायतका अन्य स्वास्थ्यलाई असर गर्ने क्षेत्रका निकायसँग समन्वयका माध्यमवाट रोगहरूको नियन्त्रण, निवारण र उन्मूलनका लागि एकिकृत रूपमा कार्य गरिएको ।
- प्रदेश स्वास्थ्य समन्वय समितिको बैठकबाट प्रदेशमा नीतिगत निर्णय गरी कार्यान्वयन गरिएको ।
- नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन कार्यविधि निर्माण भई प्रदेशभर २२ हजार ७५१ जनाको स्वास्थ्य परीक्षण गरी ४ हजार ७५८ जनामा उच्च रक्तचाप, मधुमेह, मृगौला जस्ता दिर्घरोग पहिचान भएकोमा परामर्श तथा उपचार सेवा प्रदान गरिएको ।
शिक्षा तर्फः
- वार्षिक कार्यक्रम सञ्चालन दिग्दर्शन तयारी र स्वीकृत ।
- धार्मिक विद्यालयको समस्या पहिचान र समाधानका निमित्त कार्यदल गठन भई प्रतिवेदन प्राप्त भई आवश्यक कार्यहरू गरिएको ।
- गुर्भाकोट बहुप्राविधिक शिक्षालयमा एऋी ल्गचकष्लन कार्यक्रमको अनुमति प्राप्त भई भर्ना अभियान शुभारम्भ ।
- विद्यालयहरूको भौतिक पूर्वाधार विकास ।
- त्ख्भ्त् एचयाष्भि को मस्यौदा तयार ।
- दश वर्षे शिक्षा योजनाको मस्यौदा तयार ।
- शिक्षक प्रोत्साहन पुरस्कार वितरण ।
- शिक्षक तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रम ।
- वार्षिक समीक्षा तथा चालु आर्थिक वर्षको कार्यक्रम अभिमुखीकरण कार्यक्रम ।
- बिपतमा क्षती भएका तथा निर्माण कार्य अधुरो रहेका विद्यालयहरूको विवरण संकलन ।
- मुख्यमन्त्री डिजिटल शिक्षा र नमुना विद्यालय विकास कार्यविधि स्वीकृति भई कार्यान्वयनमा लिइ छनौट भएका विद्यालयहरूको सुदृढीकरण
- वृत्ति मार्ग निर्देशन सेवा केन्द्र सञ्चालन कार्यविधि स्वीकृत भइ कार्यान्वयनमा रहेको ।
- प्रदेश बाल अधिकार समिति गठन गरी बैठक सञ्चालन ।
- मानव बेचविखन तथा ओसारपसार विरूद्धको राष्ट्रिय दिवस २०८१ मनाएको ।
- राष्ट्रिय बाल दिवस २०८१ मनाएको ।
- महिला उद्यमीको व्यवसाय अनुगमन तथा पृष्ठपोषण ।
- साविकको महिला तथा बालबालिका कार्यालयको भवन प्राप्ती भई बालबालिका खोजतलास केन्द्र (१०४) सञ्चालन ।
- हिंसा प्रभावितलाई व्यवस्थापनका लागि अन्तर तह, अन्तर संस्था समन्वय ।
- लागु औषध दुव्र्यसनी सम्बन्धी जनचेतना कार्यक्रम सञ्चालन ।
- प्रदेश बाल अधिकार समितिको बैठक आयोजना ।
- प्रदेश अपाङ्गता अधिकार समिति गठन, सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८१ निर्माण भई कार्यान्वयनमा रहेको ।
- लैङ्गिक तथा यौनिक अल्पसंख्यक सम्बन्धित सरोकारवाला माझ अन्तक्रिया गोष्ठी ।
- ज्येष्ठनागरिक दिवा सेवा केन्द्र स्थापना र सञ्चालनका लागि सहयोग प्रदान ।
- जोखिममा रहेका महिला तथा बालबालिकाका लागि सहयोग कार्यक्रमका लागि तथ्याङ्क संकलन गरी आवश्यक सहयोग उपलब्ध ।
- हिंसा प्रभावित बालबालिकाका लागि सहयोग कार्यक्रम, विद्यालयमा आधारित संरक्षण कार्यक्रमका लागि तथ्याङ्क संकलन गरी आवश्यक सहयोग उपलब्ध ।
- महिला बालबालिका जेष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरू सम्बन्धी सुचनामुलक तथा जानकारीमुलक सामग्री तयार ।
- मानव बेचबिखन तथा ओसारपसार बिरूद्धको राष्ट्रिय दिवस २०८१,
- राष्ट्रिय बाल दिवस २०८१ मनाइएको,
- महिला उद्यमीको व्यवसाय अनुगमन तथा पृष्ठपोषण,
- बालक्लबका पदाधिकारीको क्षमता विकास तालिम सञ्चालन ।
- बालबालिका स्थिति प्रतिवेदन प्रकाशन
युवा तथा खेलकुद तर्फ
- कार्यविधि दिग्दर्शन तयार। युवा तथा खेलकुदसँग सम्बन्धित ऐन, कानुन, नियम, निर्देशिका,
- युवा नीतिको मस्यौदा माथि सरोकारवालाहरूसँग छलफल एवम् प्राव राय सुझाव समावेश गरी संशोधन सहित तयार ।
- स्काउटको सहयोगमा युवालाई युवा नेतृत्व सिप तथा अनुशासन सम्बन्धी तालिम (१० जिल्लाका ७९ जनालाई प्रदान गरिएको ।
- प्रदेशस्तरमा संगित लोकगीत तथा नृत्य क्षेत्रका संघ संस्थालाई वाद्यवादन सामग्री सहयोग ।
- खस भाषाको शब्दकोष (खसिया आखर) प्रकाशन तथा शोधकर्ता लेखकलाई प्रोत्साहन ।
- प्रदेश रंगशालाको ९९ प्रतिशत कार्य सम्पन्न ।
- दशौं राष्ट्रिय खेलकुद तयारीका लागि खेलकुदका खेलाडी, प्रशिक्षक लगायत प्रदेशका सरोकारवालाहरूसँग छलफल तथा सुझाव संकलन ।
- प्रदेश स्तरमा राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता सञ्चालन तथा र सम्पन्न गरी १४ औं सहभागी भई स्वर्ण रजत र कास्य गरी ३८ पदक प्राप्त ।
भाषा, धर्म तथा संस्कृति
- प्रदेश संग्राहालय तथा अभिलाखलयमा डमकुमेन्ट्री हल र पुरानो भवनको बरन्डामा टायल÷मार्बल विच्छ्याउने, कार्यालयका लागि फर्निचर तथा फिक्चर्स खरिद गर्नुका साथै कार्यालय सञ्चालन सम्बन्धी यन्त्र उपकरण तथा मेशीनरीखरिद कार्य गरिएको ।
- अभिलेख डिजिटाइजेसनका लागि प्रोफेसनल क्यामरालेन्स, फल्यास तथा क्यामराका लागि अन्यउपकरणहरू खरिद गरि प्रादेश संग्रहालय तथा है. अभिलाखलयलाई व्यवस्थित बनाउँदै लगिएको ।
- अवलोकनकर्ताको संख्यामा अभिवृद्धि गर्न एवं संग्रहालय शिक्षाको बारेमा प्रचार प्रसार गर्ने प्रयोजनार्थ शिक्षा विकास तथा समन्वय इकाई सुर्खेत र वि.न.पा. सुर्खेतसँग समन्वय गरिएको,
- प्रतिभा प्रस्फुटन र लोकनृत्य संरक्षण गर्ने उद्देश्यले बहुसांस्कृतिक सम्मेलन आयोजना
- कर्णाली प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा टेबुल भई विषयगत समितिमा छलफलका लागि पठाईएको ।
- संगीतका लागि वाद्यवादन सामग्री सहयोग कार्यक्रम निरन्तरता ।
- भाषा संस्कृतिको क्षेत्रमा योगदानमा आधारित प्रोत्साहन तथा प्रादेशिक प्रतिभा पुरस्कारको व्यवस्था ।
- मूर्त र अमूर्त संस्कृतिको अभिलेखीकरण तथा प्रवद्र्धन कार्यक्रमका लागि बजेट विनियोजन ।
- विश्वविद्यालयको सहकार्यमा दुल्लु र सिंजाक्षेत्रको पुरातात्विक विषयको अन्वेषण तथा अभिलेखीकरण गरिदै ।
- ज्वाला, सिंजा र कर्णाली सभ्यतासँग जोडिएका अभिलेख, स्तम्भहरू विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि कर्णालीका सम्पदाहरूको पहिचान सम्बन्धी कार्य गरिदै ।
- प्रदेश संग्रहालय तथा अभिलेखालयमा अवलोकनकर्ताहरूको संख्यामा वृद्धि गराई आन्तरिक आम्दानी बढाउनतर्फ ध्यान केन्द्रित गरी सांस्कृतिक परम्परामा आधारित पोशाकहरूलाई अवलोकनकर्ताको पहिरनका लागि उपलब्ध हुने व्यवस्था ।
- प्रदेश संग्रहालय तथा अभिलेखालयमा गत आर्थिक वर्षमा ८ हजार ८४७ जनाले अवलोकन गरेका छन् । जसमध्ये ६ हजार ४९४ जना विद्यार्थी, २३० साधारण नेपाली र ३ विदेशी नागरिक रहेका छन् । यी अवलोकनकर्ताहरूबाट प्रवेश शुल्क वापत रू. १ लाख ५५ हजार बढी राजस्व संकलन भएको छ ।
पहिलोप्रेस
२३ श्रावण २०८२, शुक्रबार ०८:४८