बडिमालिकामा पूजा गरेर फर्किँदा पूर्व शिक्षामन्त्रीका छोराको लडेर मृत्यू
सुर्खेत । बाजुराको बडिमालिका मन्दिरबाट दर्शन गरेर फर्कने क्रममा लडेर पूर्व शिक्षा मन्त्रीका छोराको मृत्यु भएको छ । पुर्व शिक्षा मन्त्रि देवी प्रसाद ओझाका ५२ बर्षका छोरा विप्लब ओझाको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय बाजुराका प्रमुख डिएसपी ईकवाल हवारीले बताए ।
बडिमालिका मन्दिर बाट १ घण्टाको दुरिमा तल झर्ने क्रममा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । उनि ७ सय मिटर तल खोँचमा खसेका छन् । प्रहरीले खोँचबाट शव निकाल्न प्रयत्न गरिरहेको छ ।
विप्लब ओझा हाल गोकर्णश्वर–५, काठामाडौ बस्ने गरेका छन् । उनि राति नै बडिमालिकाको दर्शन गरेर फर्केको हुन सक्ने प्रहरीले जनाएको छ । राति हिडेका कारणले भिरमा लडेर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।
प्रहरीलाई भने आज बिहान साढे ८ बजे मात्र लडेर मृत्यु भएको खबर पुगेको थियो ।
पहिलोप्रेस
२३ श्रावण २०८२, शुक्रबार १०:०८