Loading... आजः १ कार्तिक २०८२, शनिबार

काँग्रेस कर्णालीकाे सत्ता खोस्न लाग्दैन: सभापति शाही

‘एमाले–काँग्रेसले अब एक अर्का विरुद्ध घोचपेच नगर्ने सहमति ’
नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललितजंग शाही ।

सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रस सहभागि भएको एक वर्ष पुगेको छ । संघमा आएको गठबन्धन फेरबदलसँगै त्यसको वाछिटा स्वरुप कर्णालीमा पनि एमाले नेतृत्वमा काँग्रेसले चार मन्त्रालय लिएर सरकारमा सहभागिता जनाएको थियो । २०८१ साउन २० गते नेपाली काँग्रेसबाट चार जना मन्त्रीहरुलाई मुख्यमन्त्री यामलाल कंडेलले नियुक्त गरेका थिए ।

पछिल्लो समयमा दुई प्रमूख दलबीच असहमति बढदै गएको भनेर विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशित भएका थिए । शुक्रबार नेपाली काँग्रेसका दलका नेता जीवनबहादुर शाहीले सिद्दार्थ होटलमा आर्थिक मामिला तथा योजना मन्त्रालयले आयोजना गरेको कार्यविधिसम्वन्धी छलफललाई बहिष्कार गरेर हिँडेपछि दुई दलबीचको खटपट छताछुल्ल पोखिएको थियो ।

सामाजिक सञ्जालमा दुई दलीय गठबन्धन टुटको संघरमा पुगेको त होईनन भन्ने आशंकाका बीच आज दिउँसो तिन बजे मुख्यमन्त्री यामलाल कँडेल, एमाले स्थायी कमिटि सदस्य गोरख वोगटी र एमाले प्रदेश अध्यक्ष गुलावजंग शाह नेपाली काँग्रेसको गणेस्थान नजिक रहेको प्रदेश कार्यालयमा संयन्त्रको वैठकमा पुगेका थिए । उक्त वैठकमा नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही र सभापति ललितजंग शाही उपस्थित थिए । झण्डै तीन घण्टा चलेको दुई दलीय संयन्त्रको वैठकमा के विषयमा कुराकानी भयो भन्ने विषयमा पहिलोप्रेसले नेपाली काँग्रेसका सभापति ललितजंग शाहीसँग कुराकानी गरेको छ । प्रस्तुत छ सोही कुराकानीको सारसंक्षेपः

एमाले–काँग्रेसबीच विवाद उत्कर्षमा पुग्दा संयन्त्रको छलफलले के निर्णय गर्यो ?
आजको दुई दलीय संयन्त्रको वैठक नियमित वैठक हो । सरकारलाई सफल बनाउन, प्रभावकारी बनाउन दुई दलको नियमित बैठक बसेको हो । काँग्रेस र एमालेको मिलिजुली सरकारको एक वर्ष पुरा भएको सन्दर्भमा सरकारका काम कारवाहीको बारेमा व्यापक छलफल भयो । सरकारका कामको समिक्षा गरियो । आगामी दिनमा दुई दलको सत्ता साझेदारीमा निर्माण भएको सरकारलाई अझ सफल र प्रभावकारी बनाउन दुई दलका नेताहरु, दुई दलको संयन्त्र लाग्ने निर्णय भएको छ ।

एमाले र काँग्रेसबीच विश्वासको वातावरण बनाउँदै आपसी सल्लाह, सुझावका माध्यमबाट सरकारलाई प्रभावकारी रुपमा अघि बढाउने सहमति भयो ।
केहि दिन यता काँग्रेस र एमालेबीचको सम्वन्ध तिक्तताउन्मुख रहेको देखिन थालेको थियो नि….
त्यस्तो होईन । हजुले भन्न खोज्नु भएको हिजो अस्तिको कुरा होला (कार्यक्रम बहिष्कारको कुरा) । त्यो विषय हाम्रो एजेण्डामा थिएन । हिजोको कुरा समान्य हो । उक्त विषयमा सामान्य छलफल भने भएको हो । त्यो विषय एजेण्डाको रुपमा स्थापित हुन पाएन । प्रोटोकलको कुरा र आगामी आर्थिक वर्ष कार्यान्वयन हुने कार्यविधि आजै किन बनाउनुपर्ने ? आवश्यकता छैन, जुन समयमा गर्नुपर्ने हो त्यहि समयमा गरौंला भन्ने कुरामा विमति भएको हुँदा हिजोको कार्यक्रम भत्केको हो । त्यो संयन्त्रको विषय होईन । हामीले नियमित वैठक बसालेर सरकारका काम कारवाहीको सुक्ष्म ढंगले छलफल ग¥यौं र सरकारलाई आवश्यक सुझाव र सल्लाह दियौँ । यस्तै, नियुक्ति गर्न बाँकी रहेका स्थानमा तत्काल नियुक्ति गर्ने सहमति पनि भएको छ ।

‘काँग्रेसले हतारिएर सत्ता खोस्न खोजेको पनि छैन एमालेले अँठ्याउन खोजेको पनि छैन । अब त्यो दुई दलबीचको समझदारीले अहिले यामलालले मुख्यमन्त्री भूमिका निर्वाह गरेका छन् हाम्रा साथीहरु सरकारमा सहभागि छन । अब जुन दिनसम्म उहाँलाई मुख्यमन्त्री हुनु लेखेको छ, त्यहाँसम्म उहाँ मुख्यमन्त्री हुनुहुन्छ, जुन दिन काँग्रेसको पालो आउँछ, त्यो दिन काँग्रेस नेतृत्वमा जान्छ ।’


के के सल्लाह दिनु भयो ?
अब उपरान्त विगतमा सरकारले गरेका सकारात्मक र राम्रा कामहरुलाई निरन्तरता दिने र हिजो अस्ति कतै नकारात्मक काम भएका छन भने सच्याएर जाने निर्णय भएको छ । मान्छे हुन, काम गर्दै जाँदा कहिँ न कतै कमी कमजोरी त हुन्छ नै । जस्तै सरकारको नीति तथा कार्यक्रम मुताविकको बजेट आएन भन्ने गुनासो छ । नीति र कार्यक्रममा बजेटले तालमेल किन खाएन भन्ने कुरा छ । अब सरकारले गरेका राम्रा कामलाई अगाडी बढाउने र विग्रेका कुरालाई सुधार गर्दै लैजाने सहमति भएको छ । हामीले लिखित रुपमा सरकारका कमजोरी औँल्याइयो भनेर हामीले लेखेनौं र लेख्दैनौँ ।

भनेपछि अब सरकार प्रमूखले सम्झौता गरेर सरकार सञ्चालन गर्नुपर्ने भयोे ?
सम्झौता गरेर भन्दा पनि अबका दिनमा सरकार सञ्चालनका सन्दर्भमा दुई दलीय संयन्त्र र दुई दलका नेताहरु बीचको सहमतिमा सरसल्लाह, आपसी परामर्शका आधारमा एक अर्कालाई विश्वासमा लिएर अघि बढने निर्णय भएको हो ।

काँग्रेसका सांसदले आफ्नै सरकारले ल्याएको बजेट विरुद्ध सदन अवरुद्ध गर्ने, एमालेले काँग्रेसले गठबन्धनको सरकार अनुसारको व्यवहार गरेन भनेर आरोप लगाउने अवस्था फेरि आउँछ कि ?
विगतमा त्यो बुझाईमा ‘मिसअण्डरस्ट्याण्डिङ्ग’ भएको हो । सत्ता सञ्चालनमा भएका असमझदारीलाई आगामी दिनमा चिरेर जाने भन्ने सहमति भएको छ ।

भनेपछि नयाँ शिराबाट अब सरकार सञ्चालन गर्न थाल्नुभयो ?
सहयात्रा गर्दा, सँगै सुत्दा कहिलेकाही ठेस लाग्छ, कहिलेकाही खुट्टा लाग्छ नि होईन र । त्यसैले हिजोका दिनमा जे भयो त्यो भन्दा पनि अब एक अर्काले घोचपेच नगर्ने, हिजोका दिनमा भएका कमीकमजोरी कोही कसैले पनि नगर्ने सहमति भएको छ ।

काँग्रेसले एमालेसँग लिखित सहमति नभएका कारण भदौभित्रै एमालेले सत्ता हस्तान्तरण गर्नुपर्ने धारणा बमोजिम यस्तो ‘नाटक’ गरेको भन्ने हल्ला बजारमा चलिरहेको छ नि ?

काँग्रेसले हतारिएर सत्ता खोस्न खोजेको पनि छैन एमालेले अँठ्याउन खोजेको पनि छैन । अब त्यो दुई दलबीचको समझदारीले अहिले यामलालले मुख्यमन्त्री भूमिका निर्वाह गरेका छन् हाम्रा साथीहरु सरकारमा सहभागि छन । अब जुन दिनसम्म उहाँलाई मुख्यमन्त्री हुनु लेखेको छ, त्यहाँसम्म उहाँ मुख्यमन्त्री हुनुहुन्छ, जुन दिन काँग्रेसको पालो आउँछ, त्यो दिन काँग्रेस नेतृत्वमा जान्छ ।

काँग्रेसले सत्तामा जान तछाँडमछाँड गरेको होईन ?
सत्ता छिन्ने तथा सत्ता हत्याउने खेल कर्णालीमा देखिएको छैन । काँग्रेसले त्यस्ूतो गरेको पनि छैन । सत्ताको छिनाझपटी कर्णालीमा छैन । सत्ता कहिले छोडने, कहिले मुख्यमन्त्री बन्ने भन्ने विषय आजको विषय नै होईन । अहिले हामी त्यो विषयमा प्रवेश गर्नुपर्ने आवश्यकता म देख्दिन । बरु कर्णालीमा दुई दलको सरकार राम्रोसँग सञ्चालन गर्ने, कर्णालीका नागरिकले महसुस गर्ने गरि सरकारका काम कारवाही अघि बढाउने सहमति भएको छ ।

अन्त्यमा मन्त्री फेरबदलको चर्चा थियो, त्यसबारेमा केहि छलफल भयो ?
त्यो विषयमा केहि पनि छलफल भएको छैन । नेपाली काँग्रेसका दल नेता र एमालेका मुख्यमन्त्री बीच त्यो विषयमा छलफल होला, आजको वैठकमा त्यस्तो् कुनै विषयमा छलफल भएन ।


सम्बन्धित समाचार