कर्णाली सत्ता गठबन्धनमा आएको खटपट टार्न संयन्त्रको वैठक जारी

सुर्खेत । नेकपा एमाले र नेपाली काँग्रेसको प्रदेश स्तरीय संयन्त्रको वैठक सुरु भएको छ । विगत केहि दिनदेखि काँग्रेस र एमालेबीचमा मतभेद चर्किँदै गएको र मिडियामा समेत विभिन्न खालका टिकाटिप्पणी भईरहेको सन्दर्भमा आजको संयन्त्र वैठकले त्यसलाई सुधार्न आवश्यक निर्णय लिने बताइएको छ ।
नेपाली काँग्रेस प्रदे्श पार्टी कार्यालयमा सुरु भएको वैठकमा नेपाली काँग्रेसका प्रदेश सभापति ललितजंग शाही, पूर्व मुख्यमन्त्री एवम नेपाली काँग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही, नेकपा एमाले स्थायी कमिटि सदस्य गोरख वोगटी, मुख्यमन्त्री यामलाल कंडेल र प्रदेश अध्यक्ष गुलावजंग शाह उक्त वैठकमा सहभागि भएका छन् ।
एमाले र काँग्रेस कर्णालीमा कडाा प्रतिस्पर्धी भएपनि पछिल्लो समयमा केन्द्रमा भएको गठबन्धनको आधारमा यहाँ पनि साथमै रहेका छन, तर एकले अर्काको खुट्टा तान्ने प्रवृत्ति भने दुवै दलमा हावी हुँदै गइरहेको छ ।
यसैको परिणममस्वरुप नेपाली काँग्रेसले शुक्रबार वीरेन्द्रनगरको सिद्धार्थ होटलमा आयोजना गरिएको एक कार्यक्रम वहिष्कारसमेत गरेको थियो भने विहीबार बसेको एमाले दलको वैठकले काँग्रेसले गठबन्धनको मुल मर्म, भावना अनुरुप व्यवहार नदेखाएको आरोप लगाएको थियो ।
एमालेले भने पहिलोपटक विहीबार यस्तो आरोप लगाउँदा काँग्रेसले भने तीन पटक सरकार छोडने एमालेलाई चेतावनी दिइसकेको छ भने काँग्रेसकै सांसदले आफ्नै दलका अर्थमन्त्री रहेको भएपनि सदन अवरुद्ध गरिसकेका छन् ।
पहिलोप्रेस
२४ श्रावण २०८२, शनिबार १५:०४