प्रदेश स्थापना तथा सहिद दिवस मनाइँदै कर्णालीमा, यस्ता छन तीन दिने कार्यक्रम

सुर्खेत । कर्णाली प्रदेशमा प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ तीन दिनसम्म मनाइने भएको छ ।
शनिबार बसेको सरोकारवालासँगको बैठकबाट आगामी भदौ ३, ४ र ५ गते प्रदेश स्थापना तथा सहिद दिवस मनाउने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले जानकारी दिए ।
उनका अनुसार मुख्यमन्त्री यामलाल कँडेलको संयोजकत्वमा प्रदेश स्थापना तथा सहिद दिवस मुल समारोह समितसमेत गठन गरिएको छ ।
२३ भदौ २०७२ को मध्यरात प्रमुख चार राजनीतिक दलका शीर्षनेता सम्मिलित संविधानसभाको विशेष समितिले ६ प्रदेशको सीमाङ्कनसहित सङ्घीयताको खाका सार्वजनिक गरेपछिको विवादले अन्ततः आन्दोलनको रुप लिएपछि कान्छो प्रदेशका रुपमा कर्णाली प्रदेश जन्मिएको थियो ।
प्रदेश प्राप्तिको आन्दोलनमा चार जनाले ज्यानसमेत गुमाएका थिए । आन्दोलन उत्कर्षमा पुगेपछि अन्ततः ४ भदौ २०७२ मा साबिक कर्णाली अञ्चलसहित भेरी अञ्चलका सुर्खेत, दैलेख, जाजरकोट र राप्ती अञ्चलका सल्यान, रुकुमपश्चिम जिल्लालाई समेटेर कर्णाली प्रदेश स्थापना भएको थियो ।
यस्ता छन तीन दिने कार्यक्रम
पहिलोप्रेस
२४ श्रावण २०८२, शनिबार १४:५१