Loading... आजः १ कार्तिक २०८२, शनिबार

दैलेखमा १३ वर्षीया बालिका दुई जनाबाट बलात्कृत ! दुई आरोपी पक्राउ

सुर्खेत । दैलेख जिल्लामा १३ वर्षीया एक बालिका दुई जनाबाट बलात्कृत भएकी छिन ।
जिल्ला प्रहरी कार्यालय दैलेखले १३ वर्षीया बालिका बलात्कार गरेको आरोपमा चामुण्डाबिन्द्रासैनी नगरपालिका–८ का २३ वर्षीय गोविन्दबहादुर शाही र २५ वर्षीय खगेन्द्र भण्डारीलाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक लाल बहादुर सुनारका अनुसार घटना बिहिबार रातीको हो ।
बिहीबार राति तीजको नाँच हेरेर फर्किदै गरेका एकै उमेर समूहका तीन-चार जना बालिकालाई दुबै आराेपितहरुले लखेटेका थिए । लखेट्दा बालिकालाइ भेटाउन नसकेपछि पछिल्तिरबाट उनिहरुले ढ‍ुङ्गा हाने, ढ‍ुङ्गा ति १३ वर्षीया बालिकाकाे दाहिने पाखुरामा लाग्यो । त्यसपछी ती बालिका ढलिन् । उनका अन्य साथीहरु भने भाग्न सफल भए ।

ढ‍ुङ्गाले चाेट लागेर ढलेकी ती बालिकालाई आरोपिले उठाएर एकान्तमा लिइ जबर्जस्ति करणी गरेका थिए ।
ती बालिकाका साथीहरुले बलात्कृत बालिकाको घरमा खबर गरे पस्चत उनका अभिभावकहरुले बालिकालाइ खोज्न थाले ।
उनिहरुले पीडित बालिकालाई बेहाेस् अवस्थामा फेला पारेका थिए ।

बालिकाकाे दाहिने हात मर्केकाे, योनीमा घाउ हुनुसंगै रक्तश्राव भइरहेकाे दैलेख अस्पतालकाे एकद्वार संकट व्यवस्थापन (ओसीएमसी)का स्वास्थ्यकर्मी तथा मामिला व्यवस्थापकले जानकारी दिएका छन् । बालिकाकाे स्वास्थ्य सुधार भए पनि नियमित अस्पतालकाे रेखदेखमा राख्न पर्ने सल्लाह दिइएकाे छ ।

अभिभावकहरुले राति नै बाेलेराेमा दैलेख अस्पतालमा पुर्‍याई उपचार थालिएकाे र शुक्रबार पीडित पक्षले याे विवरण खुलाई प्रहरीमा उजुरी गरेका थिए । उजुरीको आधारमा आरोपितहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक लालबहादुर सुनारले बताए ।

 

 


सम्बन्धित समाचार