वीरेन्द्रनगरमा दुर्घटना रोक्न ट्राफिक चेकजाँच कडा, सय बढी सवारी साधन कारवाहीमा

सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा दैनिक जसो सवारी दुर्घटना हुन थालेको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालयले सुरक्षा चेकजाँच अभियानलाई तीव्रता दिएको छ ।
आज (मंगलबार) विहान कार्यालय प्रमूख एवम प्रहरी निरीक्षक वकील सुनार आफैंँ मंगलगढी चोकमा सवारी चेकजाँच गर्न खटिएका थिए । त्यसपछि जिल्ला प्रहरी कार्यालय अगाडी चेकजाँच गर्न सुरु गरेको ट्राफिकले यो समाचार तयार पारुन्जेल (दिउँसो साढे चार बजे) यरिचोकमा सवारी चेकजाँच गरिरहेको छ ।
केहि दिन अघि वीरेन्द्रनगरमा एक अटो चालकले एक जनालाई ठक्कर दियो । ठक्करबाट ती पैदल यात्रीका चार ओटा दाँत नै झरे । त्यसको उपचार गर्न मात्रै एक लाख पचास हजार लाग्ने भयो तर उक्त अटोचालकले अटोरिक्सा भाडामा लिई चलाईरहेका थिए भने उनिसँग न बीमाको कागजात थियो, न त लाई सेन्स नै थियो ।
‘यदि वीमा भइदिएको भए ती अटो चालकलाई समस्या हुन्थेन, घाईतेको उपचार खर्च वीमाले नै व्यहोर्नेथियो ।’ जिल्ला ट्राफिक कार्यालयका एक ट्राफिक जवानले पहिलोप्रेससँग भने, ‘ती चालकसँग डेढ लाख तिर्न सक्ने अवस्था नै थिएन, उनलाई जेलमा राखेर पैसा असुल गर्न सकिने अवस्था पनि थिएन ।’
उनको यो भनाईलाई मात्रै आधार मान्ने हो भनेपनि वीरेन्द्रनगरमा सञ्चालित अधिकांश अटो चालकसँग सवारी चालक अनुमति पत्र छैन भने बीमासमेत नभएको पुष्टि हुन्छ ।
‘अटोले युवालाई रोजगार दिएको छ तर यसले राजधानीमा दुर्घटना हुने र त्यस कारण ती युवाहरु थप समस्यामा पर्ने देखिएको छ ।’ ट्राफिक प्रहरी निरीक्षक वकील सुनार भन्छन, ‘दुर्घटना भएको खण्डमा घाईतेको उपचार गर्न सक्ने सामथ्र्य चालक सँग नहुनु, लाईसेन्स नभएका कारण कसैको ज्यान गएको खण्डमा लामो समय कारागारमा बस्ने अवस्था आउनुजस्ता समस्याहरु आइरहेको अवस्था छ । यसको समाधान गर्न आवश्यक छ ।’
उनका अनुसार आर्थिक वर्ष २०८१/०८२ मा ७४ ओटा रिक्सा दुर्घटनामा परेका थिए ।
‘हामीले कानून कार्यान्वयन गर्ने हो । कानूनमा भएबमोजिमको कागजात भएको खण्डमा हामीले केहि गर्दैनौां तर कागजात नै छैन भने कानून अनुसार कारवाहीको भागेदार चालक हुन्छन् ।’
उनले वीरेन्द्रनगरमा अटोरिक्साका कारण दुर्घटना बढेको जनगुनासो आएको बताउँदै चेकजाँच अभियान सुरु गरिएको बताए ।
‘हरेक दिनजसो वीरेन्द्रनगरमा सवारी दुर्घटना बढन थालेका छन् । ती सवारी दुर्घटनाबाट जनधनको क्षति भइरहेको अवस्था छ । त्यसलाई न्यूनिकरण गर्न यो अभियान चलाएका हाैँ ।’ उनले भने, ‘यो सँगै सचेतनामूलक कार्यक्रमहरु पनि चलाउँदै आइरहेका छौँ ।’
उनले दुर्घटना न्यूनिकरण गर्न सबैको साथ, सहयोगको खाँचो रहेको बताए । ‘ट्राफिक नियम अनुसार यात्रा गरेको खण्डमा हामी सबै दुर्घटनाबाट जोगिन सक्छाैँ । सडक यात्रा गर्दा सबैले कानूनको परिपालना गरेर अघि बढाैँ ।’ उनले भने, ‘सुरक्षित वीरेन्द्रनगर बनाउन हामी सबैले सहकार्य, समन्वय गर्न आवश्यक छ ।’
पहिलोप्रेस
२७ श्रावण २०८२, मंगलवार १७:०९