Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

ओलीलाई अध्यक्ष बनाउन विधान संशोधन गरिएको होः नेता रिजाल

सुर्खेत । नेकपा (एमाले)का नेता विष्णु रिजालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नै पार्टी अध्यक्ष बनाउनका लागि पार्टीले विधान संशोधन गरेको स्पष्ट पारेका छन् । पार्टी नेतृत्व बदल्नु पर्ने÷नपर्ने विषय एमाले भित्रै महसुस हुनुपर्ने बताउँदै अहिले नेतृत्व बदल्नु पर्ने आवश्यकता नभएको रिजाले प्रष्टाए ।

‘नेकपा (एमाले) पंक्तिभित्रको कुरा गर्नुहुन्छ भने हामीले महसुस गर्नुप¥यो नि, हाम्रो नेतृत्व उपयुक्त छ कि छैन । बदल्नु पर्छ कि पर्दैन ?’ नेता रिजालले भने, ‘एमालेमा अहिले त्यो महसुस छैन् । त्यसलै गर्दा अहिले नेतृत्वको विषयमा केही गर्न आवश्यक छैन । हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई नै अध्यक्ष बनाउनका लागि विधान व्यवस्था हटायौँ ।’
यसैगरी, उनले दुई कार्यकाल मात्रै नेतृत्व गर्ने पाउने भन्ने व्यवस्था १०औं महाधिवेशनमा नै हटाइएको प्रष्ट पारे ।
‘दुई कार्यकालको कुरा हामीले १०औं महाधिवेशन मै हटाइसकेका थियौँ । म १०औं राष्ट्रिय महाधिवेशनको माइन्युट कमिटीको सदस्य पनि थिएँ ।’ रिजालले भने, ‘९औं केन्द्रीय कमिटीको बैठकमा त्यो प्रस्ताव ल्याएर त्यहिबेलै दुई कार्यकालको विषय हटाइसकेका थियौँ ।’ पार्टीका केही नेताहरुले विधान देखाएर पार्टीविरुद्ध टीकाटिप्पणी गर्दै हिँड्नु आवश्यक नरहेको रिजालको भनाई छ ।


सम्बन्धित समाचार