Loading... आजः ३ कार्तिक २०८२, सोमबार

लाखे जात्रामा हतियार प्रदर्शन गर्न सुर्खेत प्रहरीद्धारा निषेध


सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले आज एक सूचना जारी गर्दै लाखे जात्रा अवधीभर हतियार प्रदर्शन गर्न निषेध गरेको छ ।

कार्यालयले जारी गरेको सूचनामा भनिएको छ, ‘धार्मिक आस्थाको रुपमा रहेको लाखे जात्रा मनाउने क्रममा विगतका वर्षका घटना अध्ययन÷विश्लेषण गर्दा लाखे जात्राको क्रममा प्रर्दशन हुने भाला, तरबार, खुकुरी लगायत जोखिम हातहतियार प्रर्दशन गर्दा विभिन्न किसिमका घटना घटी शान्ति सुरक्षामा असर पुगी सुरक्षा चुनौती थपिने तथ्यलाई मध्यनजर गरी लाखे जात्राका आयोजकसंगको छलफलमा यस वर्ष सञ्चालन हुने लाखे जात्रामा जोखिम हतियार (खुकुरी, भाला, तरबार) को सट्टा सांकेतिक (काठको नक्कली) भाला, तरबार प्रयोग गर्ने प्रतिवद्धता÷सहमति कायम भएकोले लाखे जात्राका आयोजक, प्रर्दशक, जात्रासंग सरोकार र सहभागी हुने सम्पुर्णमा लाखे जात्रा अवधिभर जोखिम हातहतियार खुकुरी, भाला, तरबार लगायत घरेलु हतियार प्रयोग गर्न पुर्ण रुपमा निषेध गरिएको व्यहोरा जानकारीको लागि हार्दिक अनुरोध गर्दछौ ।’


सम्बन्धित समाचार