Loading... आजः १ कार्तिक २०८२, शनिबार

राप्रपा सुर्खेतमा विवाद चर्कियो, अध्यक्ष पुरीविरुद्ध अविस्वास प्रस्ताव पेश

कार्यवाहक अध्यक्षमा लक्ष्मीकुमारी सार्की चयन

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सुर्खेतका जिल्ला अध्यक्ष कबिराम पुरीविरुद्ध अविश्वास प्रस्ताव पेश भएको छ । बुधबार पार्टीका उपाध्यक्ष लक्ष्मीकुमारी सार्कीको अध्यक्षतामा दुई तिहाइ सदस्यको उपस्थितिमा बसेको बैठकले पुरीविरुद्ध राप्रपा कर्णाली प्रदेश कार्यसमितिमा अविश्वास प्रस्ताव पेश गर्ने निर्णय गरेको हो ।

जिल्ला कार्यसमितीका बहुमत सदस्यहरुले अध्यक्ष पुरीले २०७८ यता पार्टीका नियमित बैठक बसाल्न नसकेको, आफ्ना गतिविधि पार्टीभन्दा व्यक्तिगत रूपमा सञ्चालन गर्न खोजेको, संगठन विस्तारमा योगदान नदिएका कारण सक्रिय सदस्य संख्या घट्दै गएको आरोप पुरीमाथि लगाइएको छ ।

यस्तै, राप्रपा सुर्खेतको पार्टी कार्यालयमा युवा संगठनले लगाएको तालाबन्दीबारे आधिकारिक धारण सार्वजनिक नगरी पार्टीलाई कमजोर बनाएको आरोप पुरीमाथि छ । बैठकले अविश्वास प्रस्ताव स्वीकृत गरी अध्यक्ष पुरीलाई पदमुक्तसमेत गरेको छ । आगामी जिल्ला अधिवेशनसम्मका लागि उपाध्यक्ष लक्ष्मीकुमारी सार्कीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णयसमेत बैठकले गरेको छ ।

 


सम्बन्धित समाचार