Loading... आजः २ कार्तिक २०८२, आईतवार

निर्माण पुरा नहुँदै राजधानीमा सडकको कालोपत्रे उक्कियो– कर्णालीमा विकास कि दुर्व्यवस्था ?

स्थानीय भन्छन्, राज्यको सम्पती दुरुपयोग 

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सात महिना अघि मात्रै कालोपत्रे गरिएको सडकको कालोपत्रे उक्किएको छ । मंगलगढी चोक देखि लाटीकोईली जाने सडक खण्ड कालोपत्रे भएको सात महिना पुग्दा उक्किएको भन्दै स्थानीयले सरकारको आलोचना गर्न थालेका छन् ।

‘सडक निर्माण गर्न सुरुमा निर्माण कम्पनीले ढिलाई ग¥यो । बारम्बार आन्दोलन गर्दा मात्रै सडक निर्माण भएको हो ।’ स्थानीय रमेश शाही भन्छन, ‘बल्लबल्ल निर्माण भएको बाटोको पिच सात महिना नपुग्दै उक्किएको छ । यो राज्यकोषको दुरुपयोग नै हो । यसरी सडक निर्माण गर्नुको के नै औचित्य छ र ?’

वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर नौ को वडा कार्यालय नजिकै एक सय मिटर सडकको कालोपत्रे उक्किएको हो ।

कर्णाली प्रदेशकै चर्चित पर्यटकीय स्थल काँक्रेविहार जाने सडक खण्डमा निर्माण कम्पनीले लापरवाही गरेपछि स्थानीयहरु आक्रोशित बनेका हुन ।

मंगलगढी चोकबाट लाटीकोईली जोडने २४ सय मिटर लम्बाई भएको एत्तः सडक निर्माणका लागि २०७८ मंसिर १४ गते अमर–सिस्ने नेपाल–मेघा जेभिसँग पूर्वाधार विकास निर्देशनालयले सडक कालोपत्रे गर्नका लागि १२ करोड ७६ लाख १५ हजारमा सम्झौता गरेको थियो ।
यो सडक निर्माण कम्पनीले समयमै गर्न नसक्दा बारम्बार निर्देशनालयले म्याद थप गरेको थियो । अहिले पनि यो सडक पूर्वाधार विकास निर्देशनालयलाई निर्माण कम्पनीले हस्तान्तरण गरेको छैन ।

‘उहाँहरुले हालस्म्म ८८ प्रतिशत मात्रै काम गर्नुभएको छ । नौ करोड ९६ लाख ९७ हजार रुपैँया भुत्तःानी लिनु भएको छ ।’ साईट इन्जिनियर प्रेमचन्द पाण्डेले पहिलोप्रेससँग भने, ‘अझैपनि उहाँहरुले खोलाको कल्भर्ट निर्माण गर्न, जेव्राक्रस बनाउन र रंगरोगनको काम बाँकी नै छ । त्यो काम सम्पन्न भएपछि मात्रै हामी उहाँहरुलाई भुक्तानी दिन्छौँ ।

उक्त निर्माण कम्पनीको आगामी पुस १२ गतेसम्म म्याद रहेको छ ।’

निर्देशनालयका निमित्त निर्देशक सुर्य शाहीले निर्माण कम्पनीलाई सडक उक्केको स्थानमा छिटो भन्दा छिटो निर्माण गर्न पत्र लेखिएको बताए ।

‘अहिले वर्षायामको समय छ । निर्माण कम्पनीलाई हामीले सडक निर्माण सम्पन्न नगरेसम्म पुरा भुक्तानी दिदैनौँ ।’ उनले भने, ‘यो विग्रेको सडकको पनि हामीले भुक्तानी दिएका छैनौं । निर्माण कम्पनीले अबको केहि दिनमा नै काम सुरु गर्ने भनेको छ । हामीले हाम्रो तर्फबाट निरन्तर पहल गरिरहेको अवस्था छ ।’


सम्बन्धित समाचार