Loading... आजः ४ कार्तिक २०८२, मंगलवार

दैलेख घर भएका चालक मानबहादुरको ट्रक दुर्घटनामा मृत्यू


सुर्खेत । दैलेख घर भएका मानबहादुर सारु मगरको कालिकोटमा ट्रक दुर्घटनामा परी ज्यान गएको छ ।

खाँडाचक्र नगरपालिका–२ थामकोटमा मालवाहक ट्रक दुर्घटना हुँदा चालकको सारुको मृत्यु भएको हो ।

नेपालगन्जबाट खाद्य, खुद्रा, ग्याँस तथा सिमेन्ट बोकेर आएको भे १ ख ४३२६ नम्बरको मालवाहक ट्रक बुधवार राति ८ः३० बजे दुर्घटना भएको हो ।
मान्म गाउँको मेयर खोलाबाट भित्र थामकोट जाने क्रममा सडक भासिएर भएको दुर्घटनामा दैलेख घर भएका चालक मान बहादुर सारु मगरको घटनास्थलमै मृत्यु भएको कालिकोटका प्रहरी प्रमुख टेक बहादुर रावतले बताए ।

‘रातको समयमा सडकमा ट्रक लैजाँदा सडक भासिएर दुर्घटना भएको रहेछ,’ डीएसपी रावतले भने, ’भित्री सडकमा सहचालक झरेर ढुङ्गा हाल्न झरेकाले बच्न सफल भएछन्। सडकबाट १ सय मिटर तल खसेको छ । ट्रकको समान पोखिएको छ ।’


सम्बन्धित समाचार