माओवादीकाे तीन महिने जनसेवा कार्यक्रम: सडक सफाई देखि पानी पँधेरा मर्मतसम्म
सुर्खेत । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशल तीन महिने कार्यक्रम तय गरेको छ । दशैं तिहार नजिकै आउन लागेको अवस्थामा नेकपा माओवादी केन्द्रले जभेटघाट कार्यक्रम चलाउने निर्णय गरेको हो । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित कर्णालीका सबै नेताहरु सहभागि भर्चुअल प्रदेश कमिटिको वैठकमा यो निर्णय गरिएको अध्यक्ष विमला केसिले बताईन ।
‘वैठकले तीन महिने कार्यक्रम तय गरेको छ । जसमा वैचारिक राजनीतक प्रशिक्षणहरु वडासम्म पुर्याउने कार्यक्रम बनाइएको छ । हालसम्म कर्णालीका करिब २५ प्रतिशत वडा र पालिकाका अधिवेशन भएका छैनन,जनवर्गीय संगठनका भेला र सम्मेलन केहि सम्पन्न हुन बाँकी छन्, यो अवधीमा ती सबै अधिवेशन सम्पन्न गर्ने निर्णय भएको छ ।’ उनले भनिन, ‘दशैं तिहारमा सबै नेता कार्यकर्ता गाउँ केन्द्रीत हुने र त्यहाँ जन भेटघाट गर्ने निर्णय भएको छ । यस्तै, जनसेवा अन्र्तगत श्रमदान गरेर विग्रे भत्केका सडक निर्माण गर्ने, पानी पँधेरा मर्मत गर्ने, सडक सफाई गर्ने देखि पैसा नलाग्ने सामाजिक कार्य गर्ने निर्णय भएको छ ।’
यो सँगै पार्टीले सदस्यता नविकरण अभियानलाई तीव्रता दिने उनले बताईन ।
राम्रो गर्नेलाई पुरस्कृत गर्ने, नराम्रो गर्नेलाई कारवाही
यस्तै, वैठकले पार्टीले सञ्चालन गरेको छ महिने अभियानमा पार्टी कार्यकर्ताको खटन पटनको मूल्यांकन गर्ने भएको अध्यक्ष केसिले जानकारी दिईन ।
त्यसका लागि आगामी प्रदेश कमिटिको भौतिक वैठकमा जिल्ला समन्वय समितिले रिर्पोट बनाएर प्रस्तुत गर्ने र नेता कार्यकर्ताको अभियानका क्रममा देखिएको भूमिका अनुसार पुरस्कृत गर्ने, एकपटकका लागि आत्मालोचना गर्न लगाउने वा स्पष्टीकरण सोध्ने र कारवाही गर्ने बारेमा आवश्यक निर्णय लिईने उनको भनाई थियो ।
यस्तो छ मापदण्ड
१) अभियानका उद्देश्य र ठोस कार्यक्रम अनुसार ८० प्रतिशत भन्दा वढी जिम्मेवारी पुरा गरेका जिल्लाहरु, जवस, मोचीहरु र त्यसका नेता कार्यकताहरु प्रथम श्रेणीमा पर्ने छन । प्रथम श्रेणीमा पर्ने सवैलाई सम्मान पत्र द्वारा सम्मानित गरिनेछ ।
२) अभियानका क्रममा ६० देखि ८० प्रतिशत सम्म जिम्मेवारी पुरा गर्ने जिल्ला, जवस, मोची र विभागहरु र तिनका नेता कार्यकताहरु दोश्रो श्रेणीमा पर्ने छन। तिनलाई थप राम्रो कम गर्ने सुझाव सहित धन्यवाद ज्ञापन गरिने छ ।
३) अभियानका क्रममा ४० देखि ६० प्रतिशत सम्म खट्ने जिल्ला, जवस, मोची, विभागहरु र तिनका नेता कार्यकताहरु तेश्रो श्रेणीमा पर्ने छन । जसलाई पुरा जिम्मेवारी पुरा गर्न नसक्नुका कारणहरु वारे मौखिक स्पस्टीकरण लिने ।
४) २० देखि ४० प्रतिशत मात्र जिम्मेवारी पुरा गर्ने लाई लिखित स्पस्टीकरण सोध्ने ।
पहिलोप्रेस
४ भाद्र २०८२, बुधबार १६:५३