Loading... आजः ३ कार्तिक २०८२, सोमबार

अब दैलेखकाे दुल्लुमा दुई स्टेशनबाट राष्ट्रिय परिचयपत्र बनाइने

फाईल फोटो ।

सुर्खेत । अब दैलेखकाे दुल्लुमा दुई स्टेशनबाट राष्ट्रिय परिचयपत्र बनाइने भएकाे छ ।

यसअघि इलाका प्रशासन कार्यालय, दुल्लुमा एक स्टेशनबाट मात्रै सेवा दिन थालिएको थियो । बढदो सेवाग्राहीको चाप अनुसार अहिले दुई ओटा स्टेशनबाट सेवा प्रवाह गर्न लागिएको हो ।

अब भने सेवालाई सहज बनाउने सन्दर्भमा इलाका प्रशासन कार्यालय, दुल्लुमा राष्ट्रिय परिचयपत्र दर्ता स्टेसन थप गरिएको प्रमूख् जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिए ।

‘हिजो मिति २०८२ भाद्र ८ गतेदेखि स्टेशन सञ्चालनमा आएको छ ।’ उनले भने, ‘यस अघि १ मात्र स्टेशनबाट सेवा प्रवाह हुँदै आएकोमा अब २ वटा स्टेशनबाट सेवा प्रदान हुने हुँदा सेवाग्राहीलाई सेवा लिन सहज र छिटो हुनेछ ।’


सम्बन्धित समाचार