नागरिकका गुनासा सम्वोधन गर्न प्रदेश अस्पतालका कर्मचारीलाई मुख्यमन्त्री कँडेलको निर्देशन

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशअस्पतालमा विगतमा धेरै गुनासा आउने गरेको भन्दै अब त्यस्ता गुनासा नआउने गरि स्वास्थ्य सेवा प्रवाह गर्न निर्देशन दिएका छन् ।
कर्णाली प्रदेश अस्पतालप्रति नागरिकको जुन विश्वास छ, त्यही विश्वास कायम गर्दै नागरिकलाई सेवा प्रवाह गर्न निर्देशन दिएका हुन ।
‘नागरिकका जुन गुनासा सुनिएका छन्,’ उनले भने,‘यही भएको जनशक्तिको भरपुर प्रयोग गर्दै गुणस्तरीय सेवा प्रवाह गर्नुहोला ।’
विगतमा अस्पताल व्यवस्थापनमा केही समस्या भएपनि अहिले अस्पतालको निर्देशक नियुक्त भइसकेको बताउँदै अब प्रभावकारी सेवा दिनु पर्ने मुख्यमन्त्री कँडेलले बताए ।
‘केही दिन अघि अस्पतालको निर्देशक नियुक्त गरेन भनेर सरकारलाई गाली दिने काम भयो,’ उनले भने, ‘अब नागरिकलाई प्रभावकारी स्वास्थ्य सेवा दिनेतिर सबैले सोच्न जरुरी रहेको छ ।’
कर्णाली प्रदेश सुर्खेत कालागाउँबाट पाउने सबै प्रकार स्वास्थ्यका सेवा सुबिधाबाट नागरिकबाट बन्चित नगर्न निर्देशन दिएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट भइरहेको सेवा प्रवाह, देखिएका समस्या तथा सुधारका विविध पक्षहरूबारे सोमबार अस्पताल व्यस्थापनसहित सम्बन्धित विभागिय प्रमुखहरूबीच छलफल गरेका हुन् ।
जनशक्तिको सिमितता र बढ्दो विरामीको चापबीच सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन मन्त्रालय, अस्पताल व्यवस्थापन तथा विभागिय प्रमुखहरूबाट प्रतिबद्वता व्यक्त गरेका थिए ।
पहिलोप्रेस
९ भाद्र २०८२, सोमबार १८:५९