Loading... आजः १ कार्तिक २०८२, शनिबार

प्रचण्डले भारतबाट ल्याएकाे मुर्रा राँगो भ्यागुत्तेले मर्दा मन्त्री बने भावुक


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणमा गएका बेला उपहारस्वरूप पाएको मुर्रा राँगामध्ये एउटा मरेको छ । भारतले नेपाललाई दिएको ७ वटा राँगा पोखरास्थित राष्ट्रिय प्रजनन कार्यालयमा राखिएको थियो । जसमध्ये एक वटाको मृत्यु भएको हो ।

कार्यालयका वरिष्ठ पशु अधिकृत तथा सूचना अधिकारी डा. महेन्द्र मल्लका अनुसार गएको साउन ३० गते नै एकवटा मुर्रा राँगा मरेको हो । उक्त राँगाको पोस्मार्टम समेत गरिएको छ ।
‘एउटा मुर्रा राँगो साउन ३० गते नै मरेको हो । पोस्टमार्टम रिपोर्टमा भ्यागुते रोगका कारण मृत्यु भएको देखिएको छ’, उनले भने, ‘अन्य राँगाको पनि स्वास्थ्य परीक्षण गरिएको थियो । अरू सबै स्वस्थ छन् ।’

मुर्रा राँगा मरेकोबारे कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुसन्धान समेत गरेको थियो । मन्त्रालयका सहसचिव डा. पशुपति ढुंगानाको नेतृत्वमा अनुसन्धान टोली खटेको थियो । उक्त टोलीले स्थलगत अनुसन्धान समेत गरिसकेको डा. मल्लले जानकारी दिए ।

पूर्वप्रधानमन्त्री प्रचण्ड भारत भ्रमणमा गएका बेला भारतले १५ मुर्रा राँगा दिने घोषणा गरेको थियो । करिब दुइ वर्ष अगाडी २०८० मंसिरमा भारतबाट ल्याएर सात वटा मुर्रा राँगा पोखरामा राखिएको थियो । बाँकी ५ वटा लहान र बाँकेमा रहेको राष्ट्रिय पशु प्रजनन कार्यालयमा ३ वटा राँगा राखिएको छ ।

पछिल्लो मन्त्रिपरिषद् बैठकका बेला कृषि तथा पशुपन्छीमन्त्री रामनाथ अधिकारीले मुर्रा राँगो मरेको जानकारी भावुक मुद्रामा मन्त्रीहरूलाई सुनाएका थिए । एक मन्त्रीका अनुसार अधिकारी विभागीय मन्त्रीका रूपमा भएर पनि हुनसक्छ मुर्रा राँगोको निधनमा शोकमग्न देखिएका थिए । नेपालप्रेसबाट ।


सम्बन्धित समाचार