Loading... आजः १ कार्तिक २०८२, शनिबार

अछाममा त्रिपाल टाँगेर छाउ बारेकी निमसहित दुईको मृत्यू


सुर्खेत । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नं. ८ निवासी दुई जनाको गयराती ढुंगा लागेर मृत्यू भएको छ ।

अविरल वर्षाका कारण घरमाथि आएको पहिरोबाट आएका ढुंगा लागेर छाउ बार्न त्रिपालमा बसेकी निम जैसी र ७ वर्षीया बालिका कविता भण्डारीको मृत्यू भएको वडाअध्यक्ष छत्रबहादुर शाहीले जानकारी दिए ।

४० वर्षीया जैसी, ३६ वर्षकी रत्ना भण्डारी र ७ वर्षीया कविता भण्डारी त्रिपाल टाँगेर बनाइएको एउटै छाउगोठमा बसिरहेको अवस्थामा राती तीन बजे त्रिपालमाथि ढुंगा बजारिएका थिए ।

महिनावारी भएको पाँच दिन पुगेकै दिन घटना हुँदा रत्ना भण्डारी भने घाईते भईन भने उनकी छोरी कविताको भने मृत्यू भएको अध्यक्ष शाहीले जानकारी दिए ।

घाइते  भण्डारी मंगलसेन नपा–६ तेसिँगे ठेगाना भई उनि माईतीले दिएको जग्गामा बस्दै आइरहेकी थिईन । उनको उपचार स्थानीय स्वास्थ्य संस्थामा नहुँदा सुर्खेत पठाइएको अध्यक्ष शाहीले बताए ।

मामा घरमा बस्दै आएकी कबिता मालिका मावि कक्षा इसीडिमा अध्ययनरत थिइन् ।

यता, अध्यक्ष्ँ शाहीले भने आफूहरुले बारम्बार छाउपडी गोठ भत्काउने गरेको भएपनि स्थानीयले पाल टाँगेरै रात विताउने गरेको बताए ।
‘घरमा बसिदिएको भए यस्तो दुर्घटना हुने थिएन ।’ उनी भन्छन, ‘तर अब कडाईका साथ छाउपडी नियन्त्रण गर्न लाग्छु ।’


सम्बन्धित समाचार