Loading... आजः २८ भाद्र २०८२, शनिबार

विद्यालय नवनिर्माण गर्ने कारखाना हुनः प्रअ जिसी

‘विद्यार्थीको प्रगति नै देशको प्रगति हो’


सुर्खेत । कर्णाली प्रदेश भरिमा सामूदायिक विद्यालयतर्फ एसईईमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल भैरव माध्यमिक विद्यालयका प्रधानाध्यापक भक्त जिसीले विद्यालय भनेका कारखाना भएको बताएका छन् ।

कक्षा १२ का विद्यार्थीले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरुको स्वागतार्थ आयोजना गरिएको कार्यक्रममा उनले विद्यार्थीहरुलाई तिखार्ने, समाजको रुपान्तरणमा योगदान दिनसक्ने क्षमतावान बनाउने कारखानको रुपमा विद्यालय रहेको बताए ।

२००५ सालमा स्थापना भएको उक्त विद्यालयका नि. विव्यस अध्यक्ष गणेशमान खनालले भैरव माविले विद्यालयको भविष्य निर्माण गर्ने मुख्य ध्येय राखेको बताए । ‘हामीले यहाँ अध्ययन गर्न आएका विद्यार्थीहरु कम्तिमा आत्मनिर्भर भएर जाउन भन्ने चाहनाका साथ विज्ञान संकाय पनि सञ्चालन गरिरहेका छौंँ ।’ खनालले भने, ‘यी सबै विद्यार्थीहरुले भविष्यमा नेपालको रुपान्तरणमा योगदान गर्न सक्ने सामथ्र्य राखुन भनेर हामीले शिक्षक व्यवस्थापन गर्दै आइरहेका छौँ ।’

उक्त विद्यालयमा कक्षा ११ र १२ मा व्यवस्थापन, शिक्षा र विज्ञान संकाय अध्यापन भइरहेको छ । प्रअ जिसिका अनुसार कक्षा ११ मा ११२ जना विद्यार्थी भर्ना भएका छन भने कक्षा १२ मा हाल विभिन्न संकायमा ९७ जना अध्ययन गर्दै आइरहेका छन् ।

आज कक्षा १२ का विद्यार्थीहरुले नवआगन्तुक विद्यार्थीहरुलाई सांस्कृतिक कार्यक्रमको आयोजना गरेर स्वागत गरेको विद्यालयका शिक्षक अकल बहादुर सिजापतिले जानकारी दिए ।