Loading... आजः २८ भाद्र २०८२, शनिबार

सुर्खेतमा हट्यो कर्फ्यु, निषेधाज्ञा भने जारी

वीरेन्द्रनगर सामान्य अवस्था तिर फर्कँदै, कार्यालय खोल्ने नखोल्ने जिम्मा कार्यालय प्रमूखको हुने


सुर्खेत । तीन दिन देखि जेन–जी आन्दोलनका कारण अस्तव्यस्त भएको वीरेन्द्रनगर सामान्य अवस्थातिर फर्कन थालेको छ । दुई दिन देखि निषेधाज्ञा र कर्फ्युको कारण अत्यावश्यक बाहेकका अन्य पसलहरु बन्द रहेको वीरेन्द्रनगरमा अहिले फलफुल, खाद्यान्न लगायतका पसलहरु खुल्न थालेका छन् ।

तीन दिन सुनसान रहेको वीरेन्द्रनगर बसपार्कमा चहलपहल सुरु भएको छ भने नेपालगन्ज, दैलेख लगायतका जिल्लाहरुमा जान सवारी सधनहरुसमेत सञ्चालनमा आउन लागेका हुन ।

यता, जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमूख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले सुर्खेतमा अहिले साढे आठ बजेदेखि कर्फ्यु हटाईएको बताए ।

‘अहिले विहान साढे आठ बजेदेखि कफ्र्यु हटाउने निर्णय भएको छ । साँझ ६ बजेसम्मका लागि निषेधाज्ञा भने जारी नै छ ।’ जिल्ला सुरक्षा समितिको वैठकपछि पहिलोप्रेससँग कुरा गर्दै प्रजिअ उपाध्यायले भने, ‘सरकारी कार्यालय खोल्ने वा नखोल्ने जिम्मा कार्यालय प्रमूखलाई नै दिइएको छ ।’