Loading... आजः २८ भाद्र २०८२, शनिबार

सडकबाट ब्यारेकमा फर्कियो सेना, हट्यो कर्फ्यु


सुर्खेत । जेन जी आन्दोलनमा व्यापक मात्रामा जनधनको क्षति भएसँगै शान्ति सुरक्षाका लागि भन्दै सडकमा आएको नेपाली सेना व्यारेक फर्किएको छ ।

प्रमूख जिल्ला अधिकारी जगदिश्वर उपाध्यायका अनुसार सुर्खेतमा विगत केहि दिन देखि जारी कर्फ्यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटेको हो ।

‘जिल्ला कारागारबाहेकका अन्य सबै स्थानबाट नेपाली सेना फिर्ता भइसकेको छ । जिल्ला भरि नै अब शान्ति कायम भएको अवस्था छ ।’ प्रजिअ उपाध्यायले भने ।
यो सँगै जिल्लाबाट छोटो तथा लामो दुरिमा चल्ने सवारी साधनहरु निर्वाध रुपमा चल्न थालेका छन् भने व्यापारिक संस्थानहरुपनि खुल्न थालेका हुन ।