विदाको दिन पनि सामाजिक विकास कार्यालय हुम्लाले सेवा प्रवाह गर्ने
सुर्खेत । सामाजिक विकास कार्यालय हुम्लाले अब विदाको दिनसहित अन्य दिनमा पनि साँझ र विहानको समय मिलाएर सेवाग्राहीलाई सेवा प्रवाह गर्ने भएको छ ।
जिल्लाका दुर दराजबाट प्रदेश सरकारबाट विनियोजित बजेटको सम्झौता गर्न हुम्ला सदरमुकाम सिमकोट आउनुपर्ने तर सार्वजनिक विदा परेको खण्डमा उपभोक्ता तथा सेवाग्राहीलाई आर्थिक वोझ पर्ने देखिएको भन्दै कार्यालयले यस्तो व्यवस्था सुरु गरेको कार्यालय प्रमूख इश्वरबहादुर सिंहले बताए ।
उनले कार्यालयमा आएका सेवाग्राहीलाई विदाको दिन भनेर वा अन्य कुनै पनि वहानामा सदरमुकाम बस्ने वातावरण नबनाउन यस्तो व्यवस्था गरिएको बताए ।
‘म हुम्लाका सबै स्थानमा परेका योजनाहरुको सम्भाव्यता अध्ययन, नाप जाँच गरेर सिमकोट फर्किएको छु । अब धमाधम ती योजनाहरुको सम्झौता गर्ने तयारी हामीले गरेका छौँ ।’ उनले भने, ‘सम्झौता गर्नुपर्ने जिम्मेवारी अन्र्तगतका ९० प्रतिशत काम सम्पन्न गरिसकेका छौंँ । यस्ता योजना ४८ ओटा थिए । ती सबै सम्झौता हामीले विद्यालय व्यवस्थापन समितिसँग सम्पन्न गरिसकेका छौँ ।’
उनले अब वाँकी रहेका १९ ओटा योजनाको बोलपत्र आव्हान गर्ने कार्यकालागि स्टिमेट तयार भइरहेको बताउँदै असोज मसान्तसम्म वा कार्तिक महिनाको पहिलोसातासम्म सूचना निकाल्ने तयारी गरेका छौँ ।
पहिलोप्रेस
४ आश्विन २०८२, शनिबार १५:२७