Loading... आजः २९ कार्तिक २०८२, शनिबार

सुर्खेत प्रहरी हिरासतमा एक थुनुवाको मृत्यू

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा लागुऔषध मुद्दामा पक्राउ परेका ३५ वर्षीय गंगे सुनार रहेका छन् ।

प्रहरीका अनुसार, सुनारलाई शुक्रबार बिहान करिब ६ बजे सँगै सुत्ने साथीले उठाउन खोज्दा उनी अचेत अवस्थामा भेटिएका थिए । तत्काल प्रहरीलाई खबर भएपछि उनलाई कर्णाली प्रदेश अस्पताल पु¥याइएको थियो ।

अस्पताल पु¥याएको आधादेखि एक घण्टाभित्र चिकित्सकहरूले सुनारलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए ।

सुनार ७८ दिनअघि लागुऔषध मुद्दामा पक्राउ परेका थिए । प्रहरीका अनुसार, उनी लागुऔषध प्रयोगकर्ता र उच्च रक्तचापका बिरामी थिए र नियमित औषधी सेवन गरिरहेका थिए ।

संयोगवश, आजै सुनारको मुद्दाको अदालतमा अन्तिम सुनुवाइ (फाइनल हियरिङ) तय भएको थियो ।