Loading... आजः ६ मंसिर २०८२, शनिबार

संसदीय दलका नेता शर्मालाई वैठकमा उपस्थित हुन पत्राचार गर्ने तयारीमा माओवादी

प्रदेश सभाको हिउँदे अधिवेशन बोलाउन माग

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको कर्णाली प्रदेश संसदीय दलको वैठक सम्पन्न भएको छ ।

आज कर्णाली प्रदेश सभा भित्र रहेको दलको कार्यालयमा केन्द्रका प्रदेश इन्चार्ज कालिबहादुर मल्लको प्रमूख आतिथ्यतामा बसेको दलबो वैठकले नेकपा माओवादी संसदीय दलका नेता एवम पूर्व मुख्यमन्त्री राजकुमार शर्मालाई दलको वैठकमा सहभागि हुनेबारे पत्र लेख्ने निर्णय गरेको हो ।

उक्त पत्र लेख्ने र दल नेता शर्माको राजनीतिक विचारबारे जानकारी लिनका लागि दलका प्रमूख सचेतक कृष्णबहादुर जिसिलाई जिम्मेवारी आजको वैठकले दिएको बताइएको छ ।

‘यसबारेमा उहाँलाई सोध्ने मलाई जिम्मेवारी दिइएको छ । अर्को निर्णय कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन छिटो भन्दा छिटो बोलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको छ ।’ प्रमूख सचेतक जिसिले भने, ‘अब छिटै नेपाली कम्युनिष्ट पार्टीको दलको वैठक बोलाउने निर्णय भएको छ ।’

तर, माओवादी स्रोतका अनुसार बारम्बार फोन सम्पर्क गर्दा पनि पूर्व मुख्यमन्त्री शर्मा माओवादी नेतृत्लवको सम्पर्कमा आउन नचाहेको भन्दै उनि माओवादीमा फर्किए पनि संसदीय दलको नेता भने परिवर्तन हुने निश्चित भएको बताइएको छ ।


सम्बन्धित समाचार