Loading... आजः ३ माघ २०८२, शनिबार

माओवादी संसदीय दलकाे नेताबाट शर्मालाई हटाउने तयारी

दल नेतामा विष्ट, शाही, शर्मा र जिसि प्रमूख दावेदार
नेपाली कम्युनिष्ट पार्टीको दल नेतामा दावी गर्ने सांसदहरु विष्ट, शाही, शर्मा र जिसि तथा हालका दल नेता पूर्व मुख्यमन्त्री राजकुमार शर्मा ।

सुर्खेत । नेकपा माओवादी केन्द्र विभिन्न १२ ओटा दल मिलेर बनाईएको नेपाली कम्युनिष्ट पार्टीमा समायोजन भएसँगै कर्णाली माओवादी संसदीय दलको नेताबाट पूर्व मुख्यमन्त्री राजकुमार शर्मालाई हटाउने गृहकार्य सुरु भएको छ ।

उनी जर्नादन शर्मा प्रभाकरको प्रगतिशिल राष्ट्रिय अभियानमा जोडिन पुगेका दल नेता शर्मा नेकपामा नफर्केको खण्डमा उनलाई अबको केहि दिनमा बस्ने दलको वैठकले दल नेताबाट हटाउने तयारी गरेको नेकपाका एक नेताले बताए ।

‘सकेसम्म उहाँलाई नेपाली कम्युनिष्ट पार्टीमा ल्याउने प्रयास हाम्रो रहेको छ । यसकालागि पार्टी लागिपरेको छ । दलको वैठकका लागि आव्हान गर्ने तयारी सुरु भइसकेको छ ।’ ती प्रदेश सभा सदस्यले भने, ‘उहाँ वैठकमा उपस्थित नहुने अवस्था आएको खण्डमा स्वभाविक रुपमा नयाँ दल नेता चयनको प्रक्रियामा दल अघि बढछ ।’

यदि पूर्व मुख्यमन्त्री नेकपामा नआएको खण्डमा उनको सांसद पदसमेत जाने निश्चित भएको छ । नेकपा माओवादीका हाल प्रदेश सभामा १३ सांसद रहेका छन् । त्यसमध्ये यदि शर्माको पद गएको खण्डमा माओवादीका १२ र नेकपा एसका एक गरी १३ सांसद रहनेछन् ।

यसबारेमा पूर्व मुख्यमन्त्री शर्माको प्रतिक्रिया लिन खोज्दा उनको फोन उठेन ।

यता, पूर्व मुख्यमन्त्री शर्मा जर्नादन शर्माको अभियानमा सहभागि भएमा नयाँ दल नेता चयन गर्न संसदीय दल तयार रहेको छ ।

दलको नेताका लागि मुख्यगरी चार जना पूर्व मन्त्रीसमेत रहिसकेका सांसदहरुको दाबी छ ।

जसमा हाल नेकपा माओवादी संसदीय दलका प्रमूख सचेतक एवम पूर्व मन्त्री कृष्ण जिसि, नेकपा माओवादीका केन्द्रीय सदस्यहरु एवम पूर्व मन्त्रीहरु विन्दमान विष्ट, मंगल शाही र भीम प्रकाश शर्माको सशक्त दावी रहेको स्रोत बताउँछ ।

‘उहाँहरु तीन जना केन्द्रीय सदस्य हुनुहुन्छ भने हाल प्रमूख सचेतक रहेका जिसीको पनि दावी रहेको छ ।’ माओवादी स्रोत भन्छ, ‘यसअघि पनि जिसि, विष्टले दलको नेतामा दावी गर्नु भएको थियो । त्यतिबेला जर्नादन शर्माको हस्तक्षेपका कारण उहाँहरु रोकिनु परेको थियो ।’

माओवादी दलको नेता चयन भने सर्वसम्मत नै गर्ने तयारी पार्टीले गरेको बताइएको छ ।


सम्बन्धित समाचार