Loading... आजः १ मंसिर २०८२, सोमबार

आजदेखि बजेट रकमान्तर गर्ने कर्णाली प्रदेश सरकारको तयारी

अर्थ सचिव पुरी भन्छन्, पुर्ननिर्माण पहिलो प्राथमिकतामा

 


सुर्खेत । कर्णाली प्रदेश सरकारले पहिलो चौमासिक कटेसँगै बजेट रकमान्तर गर्ने तयारी गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव यज्ञ पुरीले आज देखि मात्रै रकमान्तर गर्ने समय पुगेको बताए ।

‘वजेट कार्यान्वयनमा गएको बल्ल पहिलो चौमासिक पुरा भएको छ । हामी आजै देखि रकमान्तर गर्ने प्रक्रिया सुरु गर्छौँ ।’ पहिलोप्रेससँग कुरा गर्दै सचिव पुरीले भने, ‘जेनजी आन्दोलनका क्रममा क्षति भएका संरचनाको पुर्ननिर्माण देखि अन्य विषयमा आवश्यक पर्ने रकमान्तर गर्ने बाटो कानूनी रुपमा आजदेखि खुलेको छ ।’

अर्थ सचिव पुरीले अब क्रमशः संघीय सरकारसँगको समन्वयमा जेनजी आन्दोलनका क्रममा ध्वस्त पारिएका संरचना पुर्ननिर्माण वा मर्मतसम्भार गर्न बाटो खुलेको बताए ।
‘सरकारले निर्णय गर्ला ।’ उनले भने, ‘हाम्रो कानूनी व्यवस्थामा दोश्रो चौमासिकमा मात्रै रकमान्तर गर्ने व्यवस्था छ । अब तीव्र गतिमा काम हुन्छ ।’


सम्बन्धित समाचार