Loading... आजः ४ पुष २०८१, बिहीबार

वीरेन्द्रनगर न्यायिक समितिद्वारा लेखापढी व्यवसायमा महिला सहभागि गराउन लेखनदास तालिम दिईदै


सुर्खेत ।
वीरेन्द्रनगर न्यायिक समितिले आज देखि महिला स्वरोजगार कार्यक्रमसँग जोडनका लागि ५० जनालाई लेखनदास तालिम दिन सुरु गरेको छ । नेपाल कानुन समाज र द एसिया फाउन्डेसन सँगको सहकार्यमा आज देखि तीन दिने लेखापढि तालिम सुरु भएको हो । यो तालिम सम्पन्न भएपछि जिल्ला अदालत सुर्खेतले लेखनदास परिक्षा संचालन गर्ने र उक्त परिक्षा पास गर्ने सहभागीलाई लेखनदास प्रमाणपत्र उपलब्ध गराइनेछ ।

तालिमलाई महिला स्वरोजगार संग पनि जोडिएको छ । तालिमको प्रमुख प्रशिक्षक नेपाल कनुन समाजका बरिस्ठ अधिवक्ता खिमलाल देवकोटा, नगरपालिकाका कानुनी सल्लाहकार बरिस्ठ अधिवक्ता कृष्ण बहादुर हमाल , बैतनिक वकिल गिता कोइराला लगायत कानुन समाजका अन्य अधिवक्ताहरु रहेका छन् ।

‘महिलाहरुपनि लेखापढी व्यवसाय गर्न सक्षम छन भन्ने देखाउन हामीले यो तालिमको आयोजना गरेका हौं ।’ नगरउपप्रमुख मोहनमाया ढकालले भनिन्, ‘कम्तिमा अहिले बेरोजगार रहेका वीरेन्द्रनगर नगरपालिकाका पचास जना महिला दिदबहीनीहरु स्वरोजगार बन्न सक्नेछन् । आफ्नो क्षमता अनुसार काम गर्न र नगरपालिकालाई आत्मनिर्भर बनाउन भूमिका निर्वाह गर्नेछन् ।’


सम्बन्धित समाचार