हरितालिका तीजको अवसरमा कर्णालीका प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले दिए शुभकामना
सुर्खेत ।
नेपाली हिन्दू महिलाहरूको महान् पर्व हरितालिका (तीज) २०७८ को अवसरमा कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनी, मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सभामुख राजबहादुर शाहीले शुभकामना दिएका छन् ।
हरितालिका तीजलगायत यस्ता सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुतातथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याउने विश्वास गरेको उनीहरुको शुभकामना मन्तव्यमा उल्लेख छ । विद्यमान लैङ्गिक विभेदलगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक समाजको निर्माण गर्नतर्फ अग्रसर हुन सबै नेपाली महिला दिदीबहिनीहरूलाई उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा व्यक्त गर्दै यो पर्व मनाउने सन्दर्भमा देखिने गरेको भकिलोपन र खर्चिलोपनलाई हटाउँदै मौलिकतालाई कायम राख्न र यसको सांस्कृतिक महत्त्वको जगेर्ना गर्न आवश्यक रहेको बताएका छन् ।
पहिलोप्रेस
२४ भाद्र २०७८, बिहीबार ०८:२९