Loading... आजः ४ पुष २०८१, बिहीबार

३२ मत पाएकालाई १९९ त्रियाशील सदस्यता दिन खड्का पक्षको दबाब, थानी पक्षद्धारा अस्वीकार

विवाद बढदा अधिवेशन भएन सम्पन्न

सुर्खेत ।
क्रियाशील सदस्यता विवादका कारण कर्णालीका दुई जिल्लामा अझै नेपाली कांग्रेसको वडा अधिवेशन सम्पन्न हुन सकेको छैन । विवादका कारण सुर्खेतमा वडा अधिवेशन नहुँदा महाधिवेशनका अरु तालिकासमेत प्रभावित हुने देखिएको छ । सुर्खेतको मूल विवाद हो, पार्टी एकतापछि अखण्ड नेपालबाट आएकालाई दिने सदस्यता ।

यहाँ संस्थापन पक्षले अखण्ड नेपाल पार्टीबाट आएकालाई सदस्यता नदिएकोप्रति आपत्ति जनाएको छ । आम निर्वाचनमा जम्मा यस क्षेत्रबाट अखण्ड नृपाल पार्टीको प्रतिनिधित्व गर्दै प्रेमप्रकाश खड्का प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार बनेका थिए ।

उनले जम्मा ३२ मत पाएका थिए । तर काँग्रेसले समायोजन गर्न भनेर जिल्ला कार्यसमितिलाई १९९ जनाको लिस्ट पठाएको थियो । ३२ मत मात्रै पाएको अखण्ड नेपालको नाउँमा एक सय ९९ जनाको क्रिायशील सदस्यता बारे केन्द्रबाट विवरण आएपछि सुर्खेत काँग्रेस झस्किएको हो ।

नेपाली काँग्रेसका महामन्त्री पूर्णबहादुर खड्का सुर्खेतकै हुन । उनी देउवा निकट मानिन्छन् । जिल्ला सभापति कमलराज रेग्मी भने रामचन्द्र पौडेल निकट हुन । जिल्लामा उनलाई केन्द्रीय सदस्य हृदयराम थानीले साथ दिइरहेका छन् ।

काँग्रस केन्द्रले अखण्ड नेपाल पार्टीबाट आएकाहरुलाई त्रियाशील सदस्यता दिनका लागि भन्दै कार्यविधी नै लेखेर पठाइसकेको छ । महामन्त्री खड्काले हस्ताक्षर गरि पठाएको तीन बुँदे कार्यविधीमा काँग्रेसको क्रियाशील सदस्य बन्नका लागि अखण्ड नेपाल नामक राजनीतिक दलका सक्रिय सदस्यका रुपमा क्रियाशील रहेको व्यक्ति हुनुपर्ने, नेपाली काँग्रेस र अन्य राजनीतिक दलको सदस्य हुन नहुने र सो पार्टी छाडी अन्य पार्टीमा प्रवेश गरेको व्यक्ति हुन नहुने उल्लेख छ ।

केन्द्रले गरेको परिपत्रमा प्रक्रिया पु¥याई नेपाली काँग्रेस पार्टीमा प्रवेश गरेका र सम्वन्धित जिल्लामा केन्द्रबाट पठाइएका नामावली टुंगो लगाई सम्वन्धित व्यक्तिले वडामा क्रियाशील सदस्यता फाराम भरि तहगत सिफारिस सहित समायोजनको कार्य गर्ने भन्ने उल्लेख छ तर आफूहरुलाई सो अनुसारको गर्न केन्द्रबाट नदिइएको सभापति रेग्मीले गुनासो गरे ।

‘१९९ जनालाई समायोजन गर्नु भनेर पत्र आएको हो । उहाँहरु अखण्ड नेपाल पार्टीको कमिटिको मान्छे कोही थिएन । त्यसकालागि आवश्यक समायोजनाकालागि हामीले हाम्रो इकाईलाइ चिठि लेख्यौं । समायोजनको विवरण अनुसार सुर्खेतका १४ वडाका साथीलाई पत्र लेखेका हौं ।’ सुर्खेत जिल्ला कार्यसमिति सभापति कमलराज रेग्मीले भने, ‘वीरेन्द्रनगर वडा नं. एकका २४ जनामा २१ जना, लेकबेशी नगरपालिका—१०का सोह्र जनामा १४ जना, भेरीगंगा वडा नं. ७ बाईस जनामा २१ जनाले अखण्ड नेपाल पार्टीका होइनौं, हामी हिजो पनि काँग्रेसमा नै थियौं आज पनि काँग्रेसमा नै छौं भनेर हस्ताक्षरसहित पत्र पठाउनु भएको छ ।’

उनले तहगत निर्णय भएर गएका सदस्यहरु बाहेकको नाम केन्द्रले पठाउँदा समस्या भएको बताए । ‘केन्द्रबाट लादने प्रयास गरिएको हा । तहगत समायोजन नभएका अखण्ड नेपालका नाममा जर्वजस्ति कार्यकर्ता राख्नु गलत हो ।’ उनले भने, ‘पार्टीलाइ विधी विधान अनुरुप नै सञ्चालन गर्नुपर्छ भन्ने मान्यता हामीले राखेका छौं । त्यहि मान्यतालाई केन्द्रले नटेरेका कारण अधिवेशन सम्पन्न हुन नसकेको हो ।’

उनले असोज पाँच गते वडा अधिवेशन गर्ने भनिएपनि केन्द्रले हालसम्म मतदाता नामावली सार्वजनिक नगरेको बताए । ‘केन्द्रले मतदाता नामावलीको सूची अहिलेसम्म प्रकाशित गरेको छैन । मतदान अधिकृत पन तोकेको छैन ।’ सभापति रेग्मीले भने, ‘पार्टीको सर्कुलरमा तहगत समायोजन हुनुपर्ने, अनिमात्र समायोजन हुने हाम्रो अडान हो तर केन्द्रले भने सबैको नाम जसरी पनि सिफारिस गरेर पठाउन भनेको छ । यो कुरा मान्य छैन ।’

सुर्खेतमा देउवा पक्षका महामन्त्री पूर्णबहादुर खड्का र पौडेल पक्षका केन्द्रीय सदस्य हृदयराम थानी बीच कडा प्रतिस्पर्धा चलेको छ । दुइ नेताबीचको प्रतिस्पर्धाले काँगेसको अधिवेशनलाई अन्यौलतामा धकेलेको कार्यकर्ताको गुनासो छ ।


सम्बन्धित समाचार