Loading... आजः ४ पुष २०८१, बिहीबार

जनसेवाश्री पदकबाट सिग्देल सम्मानित

सुर्खेत ।
संविधान दिवस २०७८ को अवसरमा जनज्योति माध्यमिक विद्यालय, बड्डिचौर सुर्खेतका प्रधानाध्यापक नाराण सिग्देल जनसेवाश्री पदकबाट सम्मानित भएका छन् । आज असोज ३ गते अर्थात संविधान दिवसको अवसरमा नेपाल सरकारले सिग्देललाई जनसेवाश्री पदकबाट सम्मान गरेको हो । सिग्देल लामो समयदेखि जनज्योति माध्यमिक विद्यालयमा प्रधानाध्यापकको जिम्मेवारीमा छन् ।

वैज्ञानिक शिक्षामा जोड दिदैं सैद्धान्तिक शिक्षाका साथ साथै प्रयोगात्मक शिक्षालाई विशेष जोड दिदैं कृषिबाट नै देशमा आर्थिक क्रान्ति सफल हुन्छ भन्ने मान्यता राख्ने प्रअ सिग्देलले समाजसेवामा पुर्‍याएको योगदानको कदर गर्दै सरकारले सम्मान गरेको हो । पाँच वर्ष अगाडि प्रअ सिग्देलले जनज्योतिमा सुरु गरेको पढ्दै कमाउँदै कार्यक्रम प्रभावकारी बनिरहेको छ । जसबाट पढ्ने रहर भएका तर पैसा नभएका विपन्न वर्गका विद्यार्थीले उद्यम गर्दै पढ्ने अवसर पाएका छन् ।

केही समय अगाडि सरकारले ल्याएको प्रतिस्थापन बेजेट विधेक अन्तर्गत जनज्योतिले तय गरेको पढ्दै कमाउँदै कार्यक्रम सरकारको नीति तथा कार्यक्रममा समावेश भइसकेको छ । यस कार्यक्रमबाट अहिलेसम्म करिव चारसयभन्दा बढि विद्यार्थी लाभान्वित भइ सकेका छन् ।


सम्बन्धित समाचार