Loading... आजः १३ पुष २०८१, शनिबार

वर्ग दुश्मनसँग सहकार्य गरेको आरोप लगाउँदै दैलेखको सिंगो राजमो एमालेमा

सुर्खेत ।
राष्ट्रिय जनमोर्चा नेपाल (नेकपा मशाल) दैलेख जिल्ला कमिटि एमालेमा समाहित भएको छ ।

राष्ट्रिय जनमोर्चा जिल्ला कमिटिका अध्यक्ष अम्बर बहादुर नेपालीका अनुसार जिल्ला कमिटिको सर्वसम्मत निर्णयबाट उमालेमा समाहित हुने निर्णय गरिएको र आज पूर्व प्रभानमन्त्री एवम नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीलाई साक्षी राख्दै एमालेमा प्रवेश गरिएको बताए ।

उनले नेकपा मशालले वर्ग दुश्मनको रुपमा नेपाली काँग्रेसलाई हेर्दै आइरहेको बताउँदै पछिल्लो समयमा वर्ग दुश्मन भनिएकै सँग सहकार्य गरेका कारण उक्त पार्टी छोडेर एमालेसँग एकता गरिएको बताए ।

‘पार्टीले वर्ग दुश्मन भनेर नेपाली काँग्रेसलाई भन्दै आएको थियो तर अहिले सोही समूहसँग साँठगाँठ गर्दै आइरहेको छ । त्यषे कुरा हामीलाई मन परेको छैन । यहि कारण हामीले राजमो त्यागेका हौं ।’ उनले भने, ‘टुटफूटको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन, वाम एकता कायम गर्न, राष्ट्रियताको पक्षमा उभिन, लोकतन्त्रका उपलब्धीको रक्ष ागर्न, सुदृढ राष्ट्रियता निर्माण गर्दै समाजवादमा पुग्न एमालेको नीति सहि लाग्यो । त्यसैले अध्यक्ष ओलीलाई साँक्षी राख्दै हामी एमालेमा प्रवेश गरेका हौं ।’

एमालेमा आज प्रवेश गर्नेहरुमा प्रदेश कमिटि अध्यक्ष भरत शाही छन् । यस्तै जिल्ला कमिटि दैलेखका अध्यक्ष अम्बर बहादुर नेपाली, उपाध्याक्ष कविजराज खत्री, सचिव सुरज बहादुर रावत, सहसचिव नविन भट्टराई, सल्लाहकार अध्यक्ष तथा पार्टी सेक्रेटरी पूर्णबहादुर शाही, सल्लाहकार सदस्य ओम रावल, जिल्ला कमिटि सदस्य पे्रम तामाङ, कटक बहादुर शाही, अदिल नेपाल महिला संघ जिल्ला उपाध्याक्ष गीता कुमारी खत्री, कानाून व्यवसायी संघका केन्द्रीय सदस्य तथा मशालका वैकल्पिक जिल्ला कमिटि सदस्य हस्त रेग्मीले पार्टी प्रवेश गरेका हुन ।

‘हाम्रो सिंगो जिल्ला कमिटि पार्टी प्रवेश गरेको हो । अन्य कार्यकर्ता देखि मतदाता सबै एमालेमा प्रवेश गरेका हुन ।’ उपाध्यक्ष कविराजले टेलिफोनमा नेपालप्रेससँग भने ।


सम्बन्धित समाचार