आमावुवाको सम्झनामा प्रदेश अस्पतालमा मन्दिर बनाएका निर्देशक डा. खड्काले पचास लाखको अक्षयकोष स्थापना गर्ने
सुर्खेत ।
प्रदेश अस्पताल कालागाउँ सुर्खेतका निर्देशक डा. डम्बर खड्काले प्रदेश अस्पतालमा आफ्ना आमा र वुवाको सम्झानामा पचास लाख बराबरको अक्षयकोष स्थापना गर्ने भएका छन् ।
प्रदेश अस्पताल कालागाउँमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले उक्त अक्षयकोष अस्पतालमै स्थापना गरिने र सो कोषबाट आएको रकमले दिनदु:खीहरुको उपचारमा सहयोग गरिने बताएका हुन ।
‘मेरा पुज्यनीय आमाबुवाको सम्झनामा प्रदेश अस्पतालमा पचास लाख बराबरको अक्षयकोष स्थापना गर्ने भएको छु ।’ उनले भने, ‘यो कोषबाट भएको आम्दानीबाट कर्णालीका दुखी, गरिब, असहाय तथा गरिब विरामीको उपचारमा केहि मात्रामा भएपनि सहयोग पुग्ने अपेक्षा गरेको छु ।’
अस्पतालका निर्देशक डा. खड्काले अस्पताल परिसरमा नै आफु निर्देशक भएको अवस्थामा पद र शक्तिको दुरुपयोग गरेर आमावुवाको नाममा मन्दिर निर्माण गरेको आरोप लाग्दै आएको छ ।
पहिलोप्रेस
५ आश्विन २०७८, मंगलवार २१:००