दिगो विकास लक्ष्य कार्यान्वयनमा साझा प्रयास आवश्यक
सुर्खेत ६ असोज
कर्णालीका सरोकारवालहरुले सबैको साझा प्रयासवाट मात्रै दिगो विकास लक्ष्यको कार्यान्वयनमा सहजता हुने वताएका छन । कर्णालीमा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा सम्बन्धी उच्च स्तरिय नीति बहस कार्यक्रम सहभागीहरुले दिगो विकास लक्ष्य कार्यान्वयनमा सबैको साझा प्रयासवाट सम्भव हुने वताएका छन ।
कर्णाली प्रदेश योजना आयोग, गैरसरकारी सस्था महाँसंघ कर्णाली प्रदेश र संयुक्त राष्ट्र संघद्धारा सयुक्त रुपमा वुधवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी सरोकारवालाहरुले दिगो विकासका लक्ष्य कार्यान्वयनमा सरोकारवालाको भुमिकालाइृ वृद्धी गरेर सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका हुन ।
कार्यक्रममा सहभागी कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले कर्णालीको समस्या समधान गरि दिगो विकास लक्ष्य हासील गर्न सबैको भुमिका महत्वपुर्ण हुनुपर्ने बताए ।
दिगो विकास लक्ष्य अनुसार सरकारले ल्याउने हरेक योजना तथा कार्यक्रमहरुमा समावेसी र सहभागीतामुलक हुनुपर्ने बताए ।
लक्ष्य एका तिर योजना विन्यास अर्को तिर भए विकासले गति नलिने भन्दै सिंहले सबैभन्दा पहिला राज्य नै वढि जिम्मेवार वन्नुपर्ने धारणा ब्यक्त गरे । दिगो विकास लक्ष्य अनुरसारको गति लिन सरकार, सांसद, निजि क्षेत्र विकास साझेदारहरु आफनो जिम्मेवारी अनुसार लाग्नुपर्ने उनको भनाई छ ।
कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सदस्य सांसद पद्मा ख्ड्काले दिगो विकास लक्ष्य पुरा गर्न सबैभन्दा राज्य संचालकहरु वढि जिम्मेवार हुनुपर्ने बताईन ।
दिगो विकास लक्ष्यअनुसारका कार्यक्रम संचालन गर्न राज्य सचालकहरुको भुमिका धेरै महत्वपुर्ण हुनेभएकोले प्रदेशको विकास सामुहिक प्रयास आवश्यक भएको उनको भनाई थियो ।
समयमा कार्यालयहरुमा वजेट खर्चको अख्तियारी नजानुले पनि दिगो विकास लक्ष्य हासिल गर्न चुनौती भएको खड्काको भनाइ छ । सरोकारवालाहरु सबैले आफनो जिम्मेवारी अनुसार अगाडी वढे दिगो विकास लक्ष्य कार्यान्वयनमा समस्या नहुने उनको अपेक्षा छ ।
दिगो विकास लक्ष्य अनुसार समृद्ध कर्णाली निमार्ण गर्न सम्भाव्य आर्थिक क्षेत्रको पहिचान र परिचालन, महत्वपुर्ण विषय भएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्बराज खड्काले बताए ।
सर्वसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तर आवद्धता, मानव पुँजी निर्माण तथा संभावनाको पूर्ण उपयोग, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व, उच्च र समतामूलक प्रदेश आय लगाएतका कुराहरु कर्णाली समृद्धीको आधार भएको खड्काले धारणा ब्यक्त गरे ।
दिगो विकास लक्ष्य कार्यान्वयनका लागी कर्णाली प्रदेशले भौतिक पूर्वाधार विकास (सडक, ऊर्जा, बस्ती विकास, सिँचाइ, खानेपानी र सञ्चार) सामाजिक विकास (शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा लाई प्रथामिकता दिएको जानकारी दिए ।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायले कर्णालीमा दिगो विकासका लक्ष्यहरुको अवस्था र कार्यान्वयन विषयमा प्रस्तुतीकरण गर्दै कर्णाली प्रदेशले सरकारले कर्णाली सोच २ दुइ हजार एक सयको समेत लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो । रोकायाले सम्बृद्ध कर्णाली सुखारी कर्णाली बासीको नारालाई कर्णालीको सोच दुइ हजार एक सयले कुनैपनि हालतमा पुरा गर्नेमा जोड दिए ।
कर्णाली प्रदेशमा दिगो विकास लक्ष्य र कर्णाली सोच २१००, दिगो विकासको लागि आन्तरिकीकरण, अभ्यास र प्रतिफल दिगो विकास लक्ष्यहरुको आधार स्तम्भको रुपमा अगाडी वढाएको वताए ।
त्यस्तै उत्पादन (कृषि, उद्योग, जडीबुटी, खानी, वन पैदावार, पानी) पर्यटन र वातावरण, विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन, डिजिटल कर्णाली, सुशासन कर्णाली प्रमुख प्रथामिकतामा रहेर दिगो विकास लक्ष्य कार्यान्वयनमा जोड दिएको उनको भनाई छ ।
यहि असोज १ गतेदेखी दिगो विकास लक्ष्य कार्य सप्ताह सुरु गरिएको छ । कर्णाली प्रदेश योजना आयोग, कर्णाली प्रदेश सरकार, संयुक्त राष्ट्र संघ, निजि क्षेत्र र नागरिक समाजको संयुक्त आयोजनामा दिगो विकास लक्ष्य कार्य सप्ताह आगामी असोज १२ गते सम्म संचालन हुने छ ।
पहिलोप्रेस
७ आश्विन २०७८, बिहीबार ०७:३४