Loading... आजः १५ पुष २०८१, सोमबार

सुर्खेती समाजसेवी ओम प्रकाशको अन्तिम संस्कार हुँदै, श्रद्धाञ्जली दिन उर्लियो भीड

आजै दाहसंस्कार गरिदै


सुर्खेत ।
सुर्खेतमा समाजसेवीको रुपमा चर्चामा रहेका ओम प्रकास सुवेदीको मृत्यू भएसँगै सुर्खेत शोकमा डुबेको छ । मंगलबार काठमाडौंमा उपचारको क्रममा निधन भएका सुवेदीको अन्तिम अन्त्यष्टीका लागि आज विहान मात्रै शव सुर्खेत ल्याइएको थियो । वीरेन्द्रनगर वडा नं. ११ नेवारेमा अहिले उनी आवद्ध संघ संस्थाका पदाधिकारी, उनका आफन्तजन, शुभचिन्तक, नेकपा एमालेका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा अहिले अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् ।


‘हामीले एक कुशल समाजसेवी गुमाएका छौं । प्रकाशको मृत्यूले सुर्खेती समानताको आन्दोलनमा धक्का लागेको छ ।’ एमाले नेता एवम वीरेन्द्रनगर नगरउपप्रमुख मोहनमाया ढकालले भनिन, ‘उहाँको सुर्खेती विकासमा रहेको योगदान अतुलनीय छ । विभिन्न सामाजीक फोरममा उहाँले खेलेको भूमिका कसैले पनि विर्सन सकिदैन ।’ उनले कुशल सामाजिक अभियान्ताको रुपमा प्रकाशको जन्म भएको जस्तो लागिरहेको बताउँदै सबैले प्रकाशले देखाएको बाटोमा अग्रसर भएर जानुपर्ने बताईन ।


यसैबीच, आजै भेरी स्थित समौझीघाटमा अहिले उनको अन्तिम दाहसंस्कार गरिने तयारी भएको मृतक प्रकाशका आफन्तले जनाएका छन् ।

 

 

 


सम्बन्धित समाचार