Loading... आजः ४ पुष २०८१, बिहीबार

दलित आवासीय विद्यालय उदघाटन गर्न हेलिकप्टरमा मुख्यमन्त्री डोल्पा, जगदुल्ला गाउँपालिकालाई चार लाख भार !


सुर्खेत ।
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले हेलिकप्टर लिएर डोल्पाको जगदुल्ला गाउँपालिकाको वडा नं. पाँच र ६ मा रहेको एक आवासीय विद्यालयको आज उदघाटन गरेका छन् । उनले गैरीगाउँमा रहेको ज्ञानोदय आधारभूत विद्यालयमा पालिकाको ७० प्रतिशत र प्रदेश सरकारको तीय प्रतिशत लगानीमा तयार भएको आवासीय सामाग्रीको उदघाटन गरेका हुन ।

सो विद्यालयको उदघाटनका लागि जगदुल्ला गाउँपालिकाले चार लाख बराबरको फ्यूल खर्च व्यहोर्न लगाइएको स्रोतले बताएको छ ।

‘मुख्यमन्त्री तथा मन्त्री ज्यू यहाँ दलको कार्यक्रममा सहभागि हुन भनेर आउनु भएको हो । त्यहि अवधीमा यहाँको दलित आवासीय विद्यालयको उदघाटन गर्न भनेर अनुरोध गरेका थियौं ।’ पालिकाका एक जनप्रतिनिधि भन्छन्, ‘हेलिकप्टरको खर्च अन्यले पनि उठाउने र पालिकाले पनि केहि हदसम्म मिलाउने कुरा भएको छ ।’

दलित आवासीय विद्यालय रहेको स्थान गैरीगाउामा दुइ सय घर परिवार दलित बस्ती रहेका छन् । ती दलित वस्तीलाई लक्षित गर्दै हाललाई कक्षा पाँच सम्म आवासीय सुविधा सहितको विद्यालय सञ्चालन गर्ने योजना सहित पालिका अघि बढेको पालिकाको निमित्त प्रमुख प्रसासकीय अधिकृत केशवराज जैसीले बताए ।

‘एक करोड २३ लाख ८६ हजार रुपैंयाको लागतमा दलित आवासीय विद्यालय सञ्चालन गरेका छौं । पालिकाले ७० प्रतिशत र प्रदेश सरकारले तीस प्रतिशत रकम लगानी गरेको छ । यसमा सरकारी शिक्षकहरुले अध्यापन गराउनेछन भने उक्त रकम आवासका लागि आवश्यक चाहिने सामाग्रीका लागि खर्च गरिएको छ ।’ उनले भने, ‘हाल कक्षा पाँच सम्म मात्रै आवासीय विद्यालयको रुपमा सुरु गरेका छौं । माध्यमिक विद्यालय सञ्चालन गर्ने हाम्रो योजना छ । त्यस्तो भएको खण्डमा अन्य जिल्लाका दलित विद्यार्थीलाई यहाँ ल्याएर अध्यापन गराउने हाम्रो तयारी छ ।’

मुख्यमन्त्रीद्धारा भवन पनि उदघाटन

यस्तै, आजै मुख्यमन्त्रीश ाहीले गाउँपालिकाको प्मुख प्रसासनीक भवनको उदघाटन गरेका छन् । गाउँपालिकाको ७० प्रतिशत र संघीय सरकारको तीस प्रतिशत बजेट रहेको उक्त भवन निर्माणकालागि चार करोड ४३ लाख १० हजार ४३३ रुपैंया खर्च भएको अधिकृत जैसीले नेपालप्रेसलाई बताए ।

मुख्यमन्त्री र मन्त्रीलाई चालिस किलो मालाको भारी !

कर्णाली प्रदेशको मुख्यमनत्री भइसकेपछि पालिकामा पहिलो पटक गएका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई पालिकाले चालीस किलोको भारी बोकाई दिएको छ । विकास निर्माणमा पछि परेको, सडक सञ्जाल नपुगेको र अभावै अभाव रहेको उक्त पालिकाले मुख्यमन्त्री शाही, मन्त्री बुढालाई चालीस किलोको मालाको भारी बोकाई दिएको हो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत जैसीका अनुसार ती मालाहरु पालिकाका कर्मचारीले नै स्थानीय स्रोत र सामाग्रीहरुको प्रयोग गरेर बनाएका हुन ।

‘यसमा यहाँको हिमालमा फूल्ने फूल र बुकीहरुको प्रयोग गरेका छौं । हाम्रै कर्मचारी साथीहरुले तयार गरेका हुन ।’ उनले भने ।
कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुप्रति स्थानीयको अगाध माया भएको र सोही मायाको चिनो स्वरुप जगदुल्ला पालिकालाई नभूलुन र पर्याप्त बजेट दिउन भनेर नविर्सिने गरि उक्त माला लगाइएको स्थानीयले बताएका छन् ।

 


सम्बन्धित समाचार