छत्रेश्वरीमा महिलाले वडाअध्यक्ष लडन चाहे पूर्ण सहयोग गर्छुः नवनिर्वाचित सभापति केसी
सुर्खेत ।
नेपाली काँग्रेसको १४ औं महाधिवेशनका प्रक्रियाहरु कर्णालीका आठ जिल्लामा सञ्चालन भइरहेका छन् । सल्यान जिल्लामा काँग्रेसको पालिका स्तरीय अधिवेशन सम्पन्न भएको छ ।
अधिकांश युवाहरुले पछिल्लो समयमा नेपाली काँग्रेसको नेतृत्वमा दाबी गरिरहेका छन् । कर्णालीमा युवाहरु विजेता बन्ने क्रम जारी छ ।
सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका पार्टी सभापतिमा सिता केसी निर्वाचित भएकी छिन् ।
सल्यान जिल्लाको इतिहासमै कार्यकारी भूमिकामा महिला निर्वाचित भएको यो पहिलोपटक हो । प्रत्यक्ष निर्वाचनमा महिलाहरु कार्यकारी भूमिकामा खासै प्रतिस्पर्धा गर्न नसक्ने भनेर भनिदै आएको कर्णालीमा सिताले महिला पनि कम छैनन भन्ने कुरा पुष्टि गरेकी छिन् । उनले आफ्ना निकटतम प्रतिद्धन्द्धी टेकबहादुर विष्टलाई २१ मतले पराजित गरेकी छिन् ।
केसीले ६२ मत ल्याउँदा विष्टले ४२ मत ल्याएका थिए । उनको अगामी योजना, महाधिवेशनसँग सम्वन्धित विषयवस्तुमा रहेर पहिलोप्रेसले छत्रेश्वरी गाउँपालिकाका उपाध्यक्ष समेत रहेकी सितासँग पहिलोप्रेसले गरेको कुराकानीको सारसंक्षेपको सम्पादित अंशः
म आज विजेता भएकी छु । यो जित महिलाको जीतको रुपमा म लिन चाहन्छु । पार्टीको कार्यकारी भूमिकामा महिलाले पनि राम्रो काम गर्न सक्छन भनेर देखाउने अवसर मैले पाएकी छु । मलाई सहयोग गर्ने सबैलाई म धन्यवाद दिन चाहन्छु ।
मलाई पार्टीले स्थानीय तहको निर्वाचनमा पनि उपाध्यक्षमा उम्मेदवारी दिन लगाएको थियो । म विजय बनें । अहिले पार्टीले विश्वास गरे सभापतिको रुपमा जिम्मेवारी प्रदान गरेको छ । म खुशी छु, मलाई म कृतज्ञता ज्ञापन गर्दछु ।
मैले सहमतिमा उम्मेदवार चयन गरौं भनेको थिएँ । उहाँहरुले मान्नु भएन तरपनि मत मैले बढि ल्याएर विजयी भएँ । विष्ट भाईलाई मैले राम्रोसँग विदा गरें । लोकतान्त्रिक परिपाटमिा हामी एकै स्थानमा छौं । निर्वाचमा गइसकेपछि हार र जित हुन स्वभाविक हो । हामी दुइ बीचमा हार र जीत भएपनि छत्रेश्वरीका जनताको हार नहोस भन्नेमा हामी दुवै सचेत छौं ।
म आफू विजेता भएपनि पराजित भएका साथहिरुलाई मिलाएरै लैजाने प्रतिबद्धता तपाईको अनलाईन मार्फत गर्न चाहन्छु । पराजित भएका साथीहरुलाई खुशी बनाएर लैजान्छु । भोली पाटृिमा आउने जिम्मेवारी दिदा यो गुट वा त्यो गुटको नाउँमा विभेद गर्दिन ।
क्षमतावान कायृकर्तालाई मैले न्याय दिनेछु । उहाँहरु रामचन्द्र पौडेल प्यानलबाट चुनाव लडनु भएको हो म देउवपा प्यानलबाट लडेको हो ।
छत्रेश्वरीमा महिलाका धेरै समस्या छन् । महिला बेरोजगार छन्, पछि पारिएका छन् । उनीहरुलाई माथि ल्याउन चाहन्छु । पार्टी राजनीतिमा पनि महिलालाई सकेसम्म माथि ल्याउने प्रयास मैले गर्नेछु । आगामी स्थानीय तहको निर्वाचनमा कोही महिला वडा अध्यक्ष बन्न चाहे भने मेरो पुरा सहयोग रहनेछ । सल्यानको दश पालिकामा महिला सभापति म नै विजय भएको हो । यसमा महिला दिदीवहिनीहरुको विजय भएको हो ।
पालिका सभापति हुँदै गर्दा मेरो मनमा छत्रेश्वरीलाई थप विकास गर्ने कुरा खेलिरहेको छ । पार्टीले अवसर दिएको खण्डमा आगामी निर्वाचनमा पालिका अध्यक्षमा मेरो उम्मेदवारी रहनेछ । म यस क्षेत्रमा विकास गर्न चाहन्छु । विकट पालिकाको पहिचानलाई मेटन चाहन्छु । यो पाँच वर्षमा हामीले पालिकामा धेरै काम गरेका पनि छों तर अझै गर्न धेरै बाँकी छ ।
विकास निर्माण, खानेपानी, विद्युत, अधुरा कामहरु अझै पनि छन् । ती सबै काम पुरा गर्नकालागि एक पटक अध्यक्षमा निर्वाचित भएर काम गर्न चाहन्छु ।
पहिलोप्रेस
१० आश्विन २०७८, आईतवार ०७:२५