सुर्खेतमा कोभिड खोप लगाउनेको संख्या एक लाख बढी, खोप लगाउन नमान्नेलाई फकाइने तयारी
सुर्खेत ।
कर्णाली प्रदेशको राजधानी सुर्खेतमा कोरोना विरुद्धको खोप लगाउनेको संख्या एक लाख एक हजार रहेको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननीधि वाग्लेले जानकारी दिएका छन् ।
लक्षित वर्गका नागरिकहरु मध्ये सुर्खेतमा २४ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने १९ प्रतिशतले दोश्रो मात्रा पनि लगाइसकेको छन् ।
‘करिब ३५ हजार जनालाई ४५ वर्ष माथि र यसअघि प्राथमिकतामा परेका १८ वर्ष माथिका तोकिएका लक्षित वर्गकालाई खोप लगाउने योजना छ । ९९ वटै वडामा गएर खोप लगाउने कार्यक्रम रहेको छ ।’ उनले भने, ‘यो खोप लगाउने कार्य आगामी असोज १४ गतेसम्म रहनेछ ।’
उनले सुर्खेतका ७२ प्रतिशत नागरिकलाई खोप लगाउने लक्ष्य रहेको बताए ।
‘सुर्खेतमा १८ वर्ष भन्दा माथिको जनसंख्या ७२ प्रतिशत हो । यो हाम्रो लक्ष्य पनि हो ।’ उनले भने, ‘खोप लगाउन नचाहने, खोप लगाउन आनाकानी गर्नेहरुको संख्या पनि धेरै भएको गुनासो आएको छ । अब हामी जनचेतनामूलक कायृक्रमहरु गर्दै सुर्खेतमा खोप अभियान सूरु गर्छौं । खोपले कसैलाई असर गर्दैन बरु कोरोन संक्रमण हुन बाट जोगाउाछ भनेर अभियान सुरु गर्ने र नागरिकलाई फकाएरै भएपनि खोप लगाउने गरि कार्यालय अघि बढछ ।’ यसकालागि सञ्चार माध्यमले पनि कोरोना खोप बारे आवश्यक सामाग्री प्रकाशित गरिदिनुपर्नेमा उनले जोड दिए ।
उनले कोरोना विरुद्धको खोप सबैभन्दा बढि वीरेन्द्रनगरवासीले लगाएको बताए ।
पहिलोप्रेस
१० आश्विन २०७८, आईतवार ०९:३०