जुम्ला सिंजाकी एक दिने अध्यक्ष भन्छिन् :
सुर्खेत ।
स्थानीय सरकारलाई संविधानले विभिन्न अधिकार दिएको छ । ती अधिकारहरु कार्यान्वयन गर्न थालिएको पछिल्लो समय पाँच वर्ष पुग्नै लागेको छ । यो अवधीमा जुम्लाको सिंजा गाउँपालिकाले एक दिनका लागि २२ वर्षकी किशोरी राज्यलक्ष्मी हमाललाई अध्यक्ष बनाएको थियो । पालिकामा बालविवाह र अनलाईन मार्फत बालिकाले हिंसा भोगिरहेको र सो हिंसाबाट मुक्ति दिलाउन सन्देश दिने उदेश्यका साथ उनलाई एक दिने पालिकाले एक दिने अध्यक्ष बनाएको हो ।
सिंजा गाउँपालिका वडा नं. ३ नरेकोटकी स्थायी बसोबास भएकी यी किशोरी कक्षा १२को अध्ययन सकेर भर्खरै आइएस्सी एजी अध्ययन गर्दै आइरहेकी छिन् । असो्ज १९ गते उनलाई एक संस्थाको सहयोगमा सिंजाले अध्यक्ष बनाएको भएपनि यो खबर भने सञ्चारमाध्यममा भने ढिलो गरि आएको छ । उनी हमाल सँग पहिलोप्रेसले केहि कुराकानी गरेको छ सोही कुराकानीको सम्पादित अंशः
हाम्रो पालिकामा गल्र्स टेक नामक एक संस्थाले काम गर्दै आइरहेको थियो । उक्त संस्थाले किशोरीहरुको एउटा कार्यक्रम ल्याएको थियो । गतवर्ष अनलाईनबाट तालिम लिएका थियौं । बालिकालाई सश्क्त बनाउने एउटा कार्यक्रम थियो त्यो । सोही विषयमा हामीले पाँच दिने तालिम पनि लिएका थियौं ।
पछिल्लो समयमा कोरोना महामारीका कारण विद्यालय बन्द भएका छन् । विद्यालय बन्द भएका कारण धेरै बालिकाले बालविवाह गर्ने गरेका छन नै, त्यो भन्दा बढि अनलाईन कक्षा सञ्चालन भएको छ र त्यसले सिकाई भन्दा पनि युवतीहरुको चरित्र हत्या हुने खालका कामहरु धेरै गराइरहेको छ ।
अनलाईन हिंसामा किशोरीहरु धेरै परेका छन् । अनलाईन हिंसामा परेका किशोरीहरु लाई कसरी सुरक्षा दिने र उनीहरुलाई त्यस्तो हिंसामा पर्न नदिन के गर्न सकिन्छ भनेर संस्थाले यो अभियान चलाएको हो । त्यससमा पालिकाले पनि सहकार्य गरेकोले मलाई एक दिनका लागि अध्यक्ष बनाइएको हो ।
मलाई एक दिनकालागि गाउँपालिका अध्यक्ष बनाइनेछ भन्ने कुरा पहिले थाहा थिएन । तर कुनै समयमा पालिका अध्यक्ष बन्ने भन्ने सोच भने म मा थियो । भविष्यमा पछाडी परेको मेरो समाजलाई अघि बढाउन काम गरोंला भन्ने लागेको थियो ।
गाउँपालिका अध्यक्ष बन्दा बडो उत्साहप्रद अनुभव रहयो । एक दिनका लागि अध्यक्ष बन्दा एक्कासी यत्रो ठूलो पद पाईने भन्ने कल्पना गरेकी थिईन । अब आगामी जीवनमा केहि न केहि काम गर्ने, समाजकालागि खटने, भविष्यमा केहि बन्ने प्रेरणा मिल्यो ।
एक दिन अध्यक्ष बन्दा मैले अनलाईन हिंसाबाट किशोरीलाई जोगाउन र बालविवाह न्यूनिकरण गर्न आवश्यक कानून बनाउने, जनचेतना अभिवृद्धि गर्न अभियान सञ्चालन गर्ने भन्ने निर्र्णय गरें । पीडित बालिकालाई कानूनी सहायता दिने जस्ता निर्णय गरेका छौं ।
म यदि पाँच वर्षको अध्यक्ष भइदिएको भए सिंजा क्षेत्रको विकासमा योगदान दिन्थें । आवश्यकता अनुसारको काम गरिन्थ्यो ।
खानेपानी, सडक निर्माण, शिक्षा, स्वास्थ्यको क्षेत्रमा काम गर्थें । अहिले नभएका होइनन्, तर म अहिले भएका काम भन्दा उत्कृष्ट गरेर देखाउँथें ।
यसका अलावा कुन गाउँमा कस्ता हिंसा भइरहेका छन भन्ने बारेमा काम गर्थें । बढि भन्दा बढि जनचेतनामूलक कार्य गर्न लाग्थेंं । बालविवाह न्यूनिकरण गर्ने, किशोरीलाई आत्मनिर्भर बन्ने खालको शिक्षा नीति बनाउने काम गर्थें । अहिले गाउामा धेरै बालविवाह भइरहेको छ । बालविवाह भएको सबैलाई थाहा भएपनि उजुरी दिने काम भएको छैन ।
आफ्नै मान्छेले बालविवाहको संरक्षण गर्दै आइरहेका छन् । जस्तो कि सानै उमेरमा विवाह भएपनि कोही न कोही कसै न कसैका आफन्त नै हुन्छन्, त्यहि भएर नागरिकले प्रहरीमा उजुरी दिने गरेका छैनन् । यसले ठूलो रुप लिएको छ । यो समस्याको निदानका लागि आवश्यक कानून बनाएर समाजलाई बालविवाह, हिसा मुक्त बनाउन पहल गर्थें ।
पहिलोप्रेस
२२ आश्विन २०७८, शुक्रबार १७:२०