Loading... आजः ४ पुष २०८१, बिहीबार

आगलागीले मुगुमा २१ घर जलेर नष्ट : भिडियाेसहित

सुर्खेत ।

मुगु जिल्लाको सदरमुकाम गमगढीमा भीषण आगलागी भएको छ । गए राति साढे १२ बजेदेखि सुरु भएको भिषण आगलागीले २१ घर जलेर पूणर्रुपमा नष्ट भएको प्रहरीले जनाएको । ठिङने लामाको घरमा पूजाका लागि जलाइएको दियोबाट आगलागी भएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

उनले भने, आगलागीबाट करिव ३० करोड बराबरको क्षति भएको हुनसक्ने बताए । आगलागीमा परि २१ घर जलेर पूणर्रुपमा नष्ट भएका छन् । आगलागिमा मानविय क्षती भने भएको छैन । गएराती भएको आगलागीको घटनाप्रति प्रदेश सरकारले ध्यानकर्षण भएको जनाएको छ । मुख्यमन्त्री कार्यालयले मंगलबार विहान एक विज्ञप्ती जारी गर्दै आगलागीबाट पीडितहरुको राहत तथा पुनसर््थापनामा प्रदेश सरकार गम्भिर रहेको उल्लेख गरिएको छ ।

स्थानीय प्रशासनलाई तत्कालका लागि अल्पकालिन राहत तथा व्यवस्थापन गर्न निर्देशन दिइएको छ । स्थानीय प्रशासनको सिफारिसका आधारमा प्रदेश सरकारले राहत प्याकेज घोषणा गर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।

आगलागिबाट क्षती भएकाहरूकाे विवरण
पृथ्वी जङ शाह
छत्र बहादुर मल्ल
गुरु लामा
तोर्चे लामा
ठिल्ले लामा
छिरिङ लामा
सोनाम लामा
तोर्चे लामा
टासी लामा
पेमा छिरिङ लामा
गोमा शाही
दान व हिताब
जान व हितान
जनक ब. मल्ल
झोवा लामा
आङ्गेल लामा
गोर्ख ब. मल्ल
सुवास मल्ल
घुम्ती
लक्ष्मी शाही
विशाल ममल्ल
कमला खड्का भाम

भिडियाे हेर्नुहाेस


सम्बन्धित समाचार