Loading... आजः ४ पुष २०८१, बिहीबार

नेपाल प्रहरीका ३ इन्सपेक्टरले भारतमा जिते अवार्ड

५० हप्तासम्म चलेको तालिममा नेपाल, भारत, भुटान र माल्दिभ्सका प्रहरी अधिकृत सहभागी थिए ।

काठमाडौं ।

इन्डियन पुलिस सर्भिस (आईपिएस)को तालिममा नेपाल प्रहरीका अधिकृतले अवार्ड जितेका छन् । भारतको हैदरावादमा चलेको तालिममा नेपाल प्रहरीका ३ इन्सपेक्टरले अवार्ड जितेका हुन् । सरदार बल्लभभाई पटेल राष्ट्रिय पुलिस एकेडेमीमा तालिम सञ्चालन गरिएको थियो । प्रहरी प्रधान कार्यालयकाअनुसार सिमोन धितालले ‘द जयपुर कप’ अनिल थापाले आउटडोरतर्फ ‘द बिएसएफ ट्रफी’ र किरण रावतले ‘द जयपुर कप’ कपको उपाधि जितेका हुन्।

अवार्ड विजेताहरुलाई शुक्रवार आयोजित समारोहमा भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोभालले अवार्ड प्रदान गरे। ५० हप्तासम्म चलेको तालिममा नेपाल, भारत, भुटान र माल्दिभ्सका प्रहरी अधिकृत सहभागी थिए ।


सम्बन्धित समाचार