Loading... आजः ३ पुष २०८१, बुधबार

आज विश्वासको मत लिँदै मुख्यमन्त्री राई

काठमाडाैं ।

प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्र राईले मंगलवार (आज) विश्वासको मत दिँदैछन् । दिउँसो साढे १२ बजे प्रदेश १ को प्रदेश सभा बैठकमा उनले विश्वासको मत लिने कार्यसूची तय गरिएको प्रदेश सभा सचिव गोपाल प्रसाद पराजुलीले जानकारी दिएका छन् ।

तत्कालीन मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएपछि नेकपा एकीकृत समाजवादीका नेता राईको नेतृत्वमा कात्तिक १६ मा नयाँ प्रदेश सरकार बनेको थियो।

विश्वासको मत लिने पुर्व सन्ध्यामा सरकारका सहयात्री गठबन्धन दलहरूले मुख्यमन्त्री राईलाई विश्वासको मत दिन सांसदहरूलाई ‘ह्वीप’ नै लगाएका छन् । विराटनगरको बिग होटलमा सांसदहरूलाई सोमवार भेला गरेर ह्वीप जारी गरेका थिए । सोमवार नै प्रदेशको सत्ता साझेदार ठुलो दल नेपाली कांग्रेसले विश्वासको मत दिने निर्णय गरेको छ ।

तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले राजीनामा दिएपछि गत कात्तिक १६ गते राई मुख्यमन्त्री बनेका थिए ।

नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र जसपा सम्मिलित ५ दलीय गठबन्धनबाट राई मुख्यमन्त्री हुन् । प्रदेशको ५ दलीय सत्ता गठबन्धनमा ५० सांसद छन् । ९३ सदस्यीय प्रदेश सभामा हाल ९२ सांसद छन् । कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद गठबन्धन दलसँग छन् ।
प्रदेशको प्रमुख प्रतिपक्षी दल एमालेसँग ४१ सांसद छन् । जसमा १ सभामुख र १ जना फरार भएका कारण अहिले एमालेसँग ३९ जना मात्रै रहेका छन् । राप्रपासँग पनि १ मत रहेको छ । विश्वासको मत लिएपछि मात्रै प्रदेशमा मन्त्रिमण्डल विस्तार गर्ने तयारीमा सरकार रहेको छ।


सम्बन्धित समाचार