Loading... आजः ४ पुष २०८१, बिहीबार

इंग्ल्याण्ड र स्वीजरल्याण्ड विश्वकपमा छानिए, इटाली प्ले अफमा धकेलियो

काठमाडौं ।

अर्को वर्ष कतारमा हुने लागेको विश्वकप फुटबलका लागि इंग्ल्याण्ड र स्विट्जरल्याण्ड छनोट भएको छन् । युरोपियन छनोटअन्तर्गत गएराति भएको समूह आईको अन्तिम खेलमा इंग्ल्याण्डले ६८ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको सान मारिनोमाथि १०–० को जित दर्ता गर्दै विश्वकपको टिकट निश्चित गरेको हो । इंग्ल्याण्डको फराकिलो जितमा कप्तान ह्यारी केनले ह्याट्रिक गरेका थिए । सन् १९६६ को विजेता इंग्ल्याण्ड समूह विजेता बन्दै विश्वकपमा छनोट भएको हो ।

बुल्गेरियालाई ४–० ले हराएको स्विट्जरल्याण्डले पनि समूह सीको विजेता बन्दै विश्वकपका लागि टिकट काटेको छ । यही समूहको अर्को खेलमा इटाली उत्तरी आयरल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको छ । यस नतिजाले इटालीलाई प्ले अफमा थकेलेको छ ।आठ खेलबाट १८ अंक बनाएको स्विट्जरल्याण्ड समूह विजेता बन्दै विश्वकपमा छानिएको हो । इटालीको भने समान खेलबाट १६ अंकमात्र रहेको छ । समूहमा दोस्रो भएकाले अब इटालीले विश्वकपमा छनोट हुनका लागि प्ले अफ खेल्नुपर्ने भएको छ । चारपटकको विश्वविजेता इटाली यसअघिको विश्वकपमा पनि छनोट भएको थिएन । इटाली प्ले अफमा स्विेडेनसँग पराजित भएको थियो ।


सम्बन्धित समाचार