Loading... आजः ४ पुष २०८१, बिहीबार

उपसभापतिमा दाबी गरेका कर्णालीका ‘स्टार’ को हुन खड्का ? संक्षिप्त ईतिहास यस्तो छ….


सुर्खेत ।
आज नेपाली कर्णाली प्रदेशबाट प्रमुख राजनीतिक दलहरु मध्ये सबैभन्दा पहिले पार्टीको पदाधिकारी बन्न सफल भएका पूर्णबहादुर खड्का नेपाली काँग्रेसको अहिले महामन्त्री छन । काँग्रेसको आसन्न महाधिवेशनमा उनी उपसभापति पदमा उनले उम्मेदवारी दिएका छन् । अहिले केहि बेरमा काठमाडौंमा मतदान सुरु हुँदैछ । उनी पाँच पटक सांसद भइसकेका छन भने पाँच पटक मन्त्री समेत भइसकेका छन् । एक पटक राज्य व्यवस्था समितिको सभापति समेत बनेका खड्का कर्णालीको एक बलिया खम्बा हुन ।

२०३१ सालबाट राजनीतिक यात्रा शुरु गरेका खड्का २०३४ सालमा प्रतिशन्धित कालमा सुर्खेतको सभापति भएका थिए । त्यतिबेला उनी जम्मा २४ वर्षका थिए । पञ्चायतको पालमा प्रतिबन्धित भएपनि उनले निरन्तर राजनीतिक अभियानलाई तीव्रता दिएका थिए । बहुदल र निर्दल बीचको चुनावको समयमा काँग्रेसले चुनावमा भाग लिने निर्णय गरेको समयमा खड्काले वीरेन्द्रनगरमा मेयरको रुपमा चुनाव जितेका थिए तर उनलाई पञ्चायतको सर्मथन गर्न भनेर राजाले दवाव दिए । राजाले दिएको दवाव अस्विकार गर्दा जिल्ला अदालतले उनी मेयर भएको ६ महिनामै उनको पद जिल्ला अदालत सुर्खेतले बर्खास्त गरिदिएको थियो ।

विभिन्न समयमा गरेर पाँच महिना भन्दा बढि समय जेलजीवन विताएका खड्का सुर्खेतको निर्वाचन क्षेत्र नम्बर एकबाट पाँच पटक सांसदमा विजयी बने भने एक पटक पराजित बने ।

२०४८, २०५१, २०५६ मा उनले प्रत्यक्ष चुनाव जितेर सांसद भए भने २०६४ सालमा उनी समनुपातिक सांसद बने । २०७० सालमा भएको चुनावमा जितेका खड्का २०७४ सालमा भने पराजित भएका थिए ।

त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गरेका पूर्णबहादुर खड्का राज्य संचालनमा समेत माहिर छन् । उनी दुइ पटक गृहमन्त्री भइसकेका छन् भने युवा तथा खेलकुद मन्त्री, संचार मन्त्री, युवा तथा खेलकुद मन्त्री र उद्योग वाणिज्य मन्त्री समेत भइ राज्य संचालनको अनुभव हासिल गरिसकेका छन् । सुर्खेत क्षेत्र नम्बर एकका नागरिकले विकासप्रेमी नेताको रुपमा उनलाई चिन्दै आएका छन् । उनी एक पटक राज्य व्यवस्था परामर्श समितिका सभापति समेत भइसकेका छन् ।

उनी १० औं महाधिवेशनमा नेपाली काँग्रेसको केन्द्रीय सदस्य पदमा चुनाव लडेका थिए । त्यो समयमा मध्यपश्चिम विकास क्षेत्रबाट एक जना मात्रै केन्द्रीय सदस्य चुन्ने व्यवस्था थियो । सो महाधिवेशनमा शुशिल कोइराला विजय बने भने उनी पराजित भए । त्यसपछि ११ औं महाधिवेशनमा प्रजातान्त्रिक काँग्रेसबाट केन्द्रीय सदस्यमा उनी निर्वाचित भए । १२ औं महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य जितेर सहमहामन्त्रीमा मनोनित भ एभने १३ औं महाधिवेशनमा उनी महामन्त्री बन्न सफल भए ।

उनी मात्रै एक भाग्यशाली नेता हुन जो सबैभन्दा ठूलो दलबाट उपसभापतिमा कर्णालीबाटै लडने अवसर पाए । महामन्त्री समेत भइसकेका खड्काको पक्षमा ठूलो संख्यामा महाधिवेशन प्रतिनिधिहरु लागेका छन् ।

नेपालप्रेसमा प्रकाशित सामाग्री साभार गरिएको हो ।

 


सम्बन्धित समाचार