एमाले डोल्पा अध्यक्षमा बुढा सर्वसम्मत
सुर्खेत । नेकपा एमाले डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा सर्वसम्मत चयन भएका छन् ।
शुक्रबारबाट शुरू भएको एमाले डोल्पाको छैटौं जिल्ला अधिवेशनबाट बुढा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
यस्तै, उपा–अध्यक्षमा विश्वचन्द्र डसाल, सचिवमा लकबहादुर रोकाया , सह–सचिवमा धावासम्डुक गुरुङ र सुनराम बुढा सर्वसम्मत चयन भएका हुन् ।
पहिलोप्रेस
२४ पुष २०७८, शनिबार १८:२३