Loading... आजः ४ पुष २०८१, बिहीबार

एमाले प्रदेश इन्चार्ज कंडेलद्धारा काँग्रेस माओवादीका एक सय बढि नेता कार्यकर्तालाई एमालेमा स्वागत

एमाले नै देशको भरोसिलो शक्ति भएको दाबी

सुर्खेत ।
नेकपा एमाले कर्णाली प्रदेशका इनचार्ज यामलाल कंडेलले आज एक कार्यत्रमका बीच एक सय १३ जना नेपाी काँग्रेस, र माओवादीका नेता कार्यकर्तालाई पार्टीमा स्वागत गरेका छन् ।

वीरेन्द्रनगर– १ को भेला, प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै नेता कंडेलले एमालेमात्रै देशको हित चाहने, जनताको पक्षमा काम गर्ने पार्टी भएको दाबी समेत गरे ।

‘परमादेशको जगमा उभिएको पार्टीहरुले गरेका कामका वारेमा तपाईहरु जानकार नै हुनुहुन्छ । यो गठबन्धनको सरकाले जनतालाई महंगी मात्रै उपहार दिएको छ । राष्ट्रियताका पक्षमा काम गर्न पूर्णतः असफल भएको छ ।’

नेता कंडेलले भने, ‘अब आउने संघ र प्रदेशको निर्वाचनमा एमालेलाई देशै ठूलो पार्टी बनाउने गरि नेता कार्यकर्ता खटन अपरिहार्य छ । चुनावमा गठबन्धनलाई धुलिसात पार्न सबैको खटनपटन अनिवार्य छ ।’

पार्टी प्रवेश कार्यक्रममा मओवादी नगरकमिटी सचिवालय सदस्य १ नम्बर वडा सह –इन्चार्ज  जनक खड्का, मनोज नेपाली, निर्मला धमला, बिष्णु खड्का, गणेश परियार र रंगबहादुर नेपाली लगायत ११३ जना नेकपा एमालेमा प्रवेश गरेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिए ।


सम्बन्धित समाचार