Loading... आजः ४ पुष २०८१, बिहीबार

दैलेख निर्वाचन क्षेत्र नम्बर एकमा एमालेमा सर्वसम्मत उम्मेदवार छनौट हुने

सुर्खेत ।
दैलेख जिल्लाको निर्वाचन क्षेत्र नम्बर दुईमा संघीय र प्रदेश निर्वाचनमा उम्मेदवार बन्न चाहनेहरु बीच तीव्र प्रतिस्पर्धा भएपनि निर्वाचन क्षेत्र नम्बर एकमा भने सर्वसम्मत उम्मेदवार चयन हुने सम्भावना देखिएको छ ।

६ पालिका रहेको यो निर्वाचन क्षेत्रमा संघका लागि हालका पार्टी अध्यक्ष एवम संघीय सांसद रविन्द्रराज शर्मा, एमालेका केन्द्रीय सदस्य धर्मराज रेग्मी र जिल्ला समन्वय समिति दैलेखका निवर्तमान प्रमुख प्रेम थापाले दाबी गरेका छन् ।

प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा भगवतीमाई गाउँपालिकाका निवर्तमान अध्यक्ष दानबहादुर थापा र लामो समय शिक्षण पेशामा आवद्ध हिमालयजंग शाहले दाबी गर्न थालेको एमाले कार्यकर्ताले बताइरहेका छन् ।

यस्तै, प्रदेश निर्वाचन क्षेत्र नम्बर ‘ख’ तर्फ नारायण नगरपालिकाका निवर्तमान नगरप्रमुख रत्नबहादुर खड्का, हालकी प्रदेश सांसद मिनासिंह रखाल र लिलराम रामजालीले प्रत्यक्ष निर्वाचन लडने बारेमा दाबी गरेका छन् । यहि क्षेत्रबाट गोपाल नेपाली पनि प्रदेश सांसदका दावेदार हुन ।

एमाले केन्द्रीय सदस्य सुर्यकुमारी श्रेष्ठ भने समानुपातिक सांसद बन्न लविङ गर्न थालेको एमाले स्रोतको दाबी छ ।

एमाले प्रदेश सांसद मिनासिंह रखालले दैलेख निर्वाचन क्षेत्र नम्बर एकमा सर्वसम्मात उम्मेदवार छनौट गरिने बताईन । ‘हामी सर्वसम्मत उम्मेदवार छनौट गर्छौं । हाम्रोमा दुई नम्बरको जस्तो प्रतिस्पर्धा छैन ।’ उनी भन्छिन्, ‘त्यसो भयो भने हामी गठबन्धनसँग मुकाविला गरेर अघि बढन सक्ने भएका कारण हामी आकांक्षीहरु पार्टीको निर्णय मान्न तयार छौं ।

 


सम्बन्धित समाचार