सुर्खेतको चिङ्गाडमा काँग्रेस माओवादीका कार्यकारी पदमा बसेका नेता नै शिक्षण पेशामा आवद्ध, चिङ्गाड सरकार वेखबर
सुर्खेत ।
जिल्लाको स्थानीय तह चिङ्गाड गाउँपालिकामा राजनीतिक दलको मुख्य जिम्मेवारी पदमा आवद्ध रहेर शिक्षण पेशा गरिरहेका पाईएको छ ।
कुनै पनि राजनीतिक दलको कार्यसमितिमा रहेर शिक्षण पेशा गर्न नपाईने नेपालको शिक्षा ऐन विपरित कार्यकारी पदमा बसेरै शिक्षण पेशामा संलग्न रहेको पाइएको हो ।
वडा नं. २ का काँग्रेस पार्टी सचिव शेरबहादुर खत्री र सोही वडाका वडा कार्यसमिति सह–सचीव कर्ण बहादुर खड्का दुबैजना शिक्षक पेशामा कार्यरत छन ।
दुबैजना नेपाली काँग्रेस रानीबासको सक्रिय राजनीतिक नेतृत्व हुन । लामो समय देखि पार्टीको कार्यकारी भूमिका आवद्ध रहेका छन् भने शिक्षण पेशामा समेत आवद्ध हुँदा स्थानीय सरकार बेखबर बनेको छ ।
शेर बहादुर खत्री गाउँपालिकाबाट करार दरबन्दीमा नियुक्त भएका हुन भने कर्ण बहादुर खड्का जनता माविको आन्तरिक स्रोतबाट विद्यालयले नियुक्त गरेको थियो ।
खत्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय काँडापोखरीमा शिक्षणरत छन भने खड्का जनता मावि रानिबासमा शिक्षण पेशा गरिरहेका छन ।
त्यस्तै, नेकपा माओवादी केन्द्र चिङ्गाडका पालिका कमिटी उपाध्यक्ष चन्द्र बहादुर रोकाय वडा न २ मा रहेको श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय काडापोखरिमा हालसालै नियुक्त भएका छन । तर चन्द्र बहादुर रोकायले पार्टीको पदाअधिकारी पदबाट भने राजिनामा दिएका छैनन ।
यता, सचिव खत्रीले राजीनामा नदिएको स्वीकारे । ‘पार्टीको बसाईमा उपस्थित भएको छैन । केहि दिनमा राजीनामा दिन्छु । पार्टी सभापति टाढा भएका कारण उहाँसँग भेट भएपछि राजीनामा दिन्छु ।’ उनले पहिलो प्रेससँग भने ।
सहसचिव खड्कासँग प्रतिक्रिया लिन खोज्दा उनको मोबाईल अफ थियो ।
गाउँपालिकाका शिक्षा शाखा प्रमुख तुलसी पुरी बमले आफू अहिले गाडीमा भएको बताउँदै केहि छिन पछि फोन गर्न भनिन् ।
पालिका अध्यक्ष बोध विक्रम जिसीको पनि फोन उठेन ।
पहिलोप्रेस
५ भाद्र २०७९, आईतवार ११:०५