प्रदेश सभा सदस्य विष्टका पाँच वर्ष
सुर्खेत ।
सुर्खेत जिल्लाको निर्वाचन क्षेत्र नम्बर दुइ ‘ख’बाट प्रत्यक्ष निर्वाचित सांसद विन्दमान विष्ट हुन । उनी हाल कर्णाली प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री समेत छन् ।
२०७४ सालमा माओवादी र एमालेको गठबन्धनबाट निर्वाचन जितेका मंसिर चार गते हुने निर्वाचनमा मन्त्री विष्ट प्रदेश सभामा नै आउन आफ्नो निर्वाचन क्षेत्रबाटै चुनाव लडने तयारीमा छन् ।
यद्यपी सत्तारुढ गठबन्धन अन्र्तगत उक्त क्षेत्र कुन दलको भागमा पर्ने हो त्यो टुंगो लागिसकेको भने छैन ।
पहिलोप्रेसले उनीसँग पाँच वर्षमा गरेका पाँच कामको बारेमा प्रश्न सोधेको छ ।
प्रस्तुत छ आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टले पाँच वर्षमा गरेका पाँच कामको फेहरिस्त उनकै शब्दमा…
म निर्वाचनमा होमिएको समयमा मैले सडक कालोपत्रे गर्ने भन्ने प्रतिबद्धता जनाएको थिएँ । जसअन्र्तगत पश्चिमको बड्डीचौर–लगाम सडक कालोपत्रे हुँदैछ ।
गुटुखोला–बडडीचौर कालोपत्रे गर्न ठेक्का भइसकेको छ । कल्याणकाँध–धनराश बाटो करिब ७० प्रतिशत ट्रयाक खोल्ने कार्य पुरा भइसकेको छ ।
घाटगाउँ गुटु सडकको कालोपत्रे हुने काम सुरु भएको छ भने कुईने जंगलाघाट कालोपत्रेको काम हुँदैछ । यसको ठेक्का गतवर्ष नै लागिसकेको हो ।
हुडके तरंगा कालोपत्रे गर्न टेण्डर हुने प्रक्रियामा छ । यसकालागि २० करोड बजेट छ भने रानीघाट तेलपानी सडकको स्तरोन्नतीका लागि टेण्डर आव्हान भइसकेको छ भने इआइए प्रतिवेदन नआएका कारण काम सुरु हुन सकेको छैन ।
वाँकी मदन भण्डारी लोकमार्गले पनि काम अब सुरु गर्दैछ ।
तपाईलाई भन्दा आगामी दुइ वर्षमा सुर्खेतको पश्चिम क्षेत्र कालोपत्रेमय हुनेछ ।
त्यसपछिको चुनावको दोश्रो प्रतिबद्धता भनेको विधुतिकरणको थियो । सुर्खेत बाबियाचौर ३३ केृभिए प्रसारण लाइन विस्तारका लागि निरन्तर पहल गरियो । अबको केहि दिनमा रुख काटने काम सुरु हुँदैछ । वावियाचौरमा सबस्टेशन निर्माण भइसकेको छ ।
वैकल्पिक ३३ केभिए प्रसारण लाईन कैलाली बाट बाबियाचौरमा आउँदैछ । असोज एक गतेसम्म यहाँ विजुली बल्छ । यसलाई वैकल्पिक विद्युतिकरणको रुपमा मैले लिएको छु ।
वीरेन्द्रनगर देखि बाबियाचौरसम्म लाईन विस्तार भएको खण्डमा कैलालीबाट भविष्यमा सुर्खेतमा विद्युत नभएको समयमा पनि उपलब्ध गर्न सहज हुनेछ ।
ग्रामीण विधुतिकरणका अधिकांश काम सम्पन्न भएका छन् भने पश्चिमका सबै वस्तीमा विद्युतिकरण गर्नका लागि पर्याप्त मात्रामा बजेट गएको छ । विजौरा र बराहतालमा ३३ केभिए सवस्टेशन निर्माणका लागि टेण्डर आव्हान भइसकेको छ ।
तेश्रो प्राथमिकता भनेको यहाँका लागि खानेपानीको समस्या समाधान गर्ने थियो ।
केन्द्रसँगको पहलका कारण तरंगा खानेपानी आयोजना मंसिरसम्म निर्माण पुरा हुनेछ । यसबाट भेरी र कर्णाली नदिको धमिलो पानी खाने सात वस्तीका नागरिकलाई सुविधा उपलब्ध हुनेछ ।
त्यस्तै, एकीकृत छाप्रे खानेपानी आयोजना पनि निर्माण भइरहेको छ । यसले साविकको छाप्रे गाविसका नागरिकलाई खानेपानी पुग्नेछ । यहाँ साना साना टुक्रा पारेर लिफ्ट माध्यमबाट खानेपानी पु¥याइदैछ ।
शिक्षा क्षेत्रमा मैले पर्याप्त बजेट विनियोजन गरेको छु ।
मेरो निर्वाचन क्षेत्रमा १२, ८, ६, ४ र २ कोठे भवनहरु निर्माण भएका छन् । यसरी हिसाब गर्दा कम्तिमा पाँच वर्षमा २०० कक्षा कोठा निर्माण भएका छन् ।
सालकोट अस्पताल स्तरोन्नती भएको छ । यो पटक ५० शैय्याको बनाउनका लागि दुई करोड बजेट फेरि व्यवस्थापन गरेका छौं ।
पहिलोप्रेस
७ भाद्र २०७९, मंगलवार ०७:२२