बन्दकर्ताले दाङमा बिहानै गरे सवारीसाधनमा आगजनी, टिप्पर जलेर ध्वस्त
कोहलपुर ।
दाङमा बन्दकर्ताले बिहानै सवारीसाधनमा आगजनी गरेका छन ।
घाेराही बाट लमही तर्फ जादै गरेकाे रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान करिब साढे ४ बजेकाे अासपासमा बबई खाेलाकाे पुल नजिक आगजनी गरेका हुन ।
चारपाँच जनाकाे समुहमा रहेका व्यक्तिले टिप्परकाे अघिल्लो भागमा अागाे झाेसेर भागेका थिए । अागजनिका कारण टिप्परकाे अघिल्लो भाग जलेर नष्ट भएको छ ।
घटनास्थलमा प्रहरी पुगेकाे र आगजनीमा संलग्नहरुकाे खाेजि सुरु गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका एसपी सुरेश काफ्लेले जानकारी दिए ।
चार क्रान्तिकारी कम्युनिस्ट पाटीले नेपाल बन्दको घोषणा गरेका हुन । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष विप्लव, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पाटीका अध्यक्ष ऋषि कट्टेल, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका आहुती र नेकपा माओवादी समाजवादीका महासचिव कर्णजितले संयुक्त विज्ञप्ति निकालेर नेपाल बन्दको आह्वान गरेका हुन ।
तीन बुँदे राजनीतिक सहमतिका विपरित पार्टीका नेतालाई पक्राउ पुर्जी जारी गरिएको, एमसीसी, भ्रष्टाचार, महङ्गीका देशैभर बन्दको आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।
पहिलोप्रेस
७ भाद्र २०७९, मंगलवार ०८:०१