सुर्खेत–२ मा प्रतिनिधिसभाका लागि पूर्वमन्त्रीसहित ४ जनाको नाम सिफारिस
सुर्खेत ।
पूर्वमन्त्री हृदयराम थानी सुर्खेत क्षेत्र–२ बाट प्रतिनिधिसभाका उम्मेदवारका लागि सिफारिस भएका छन् ।
नेपाली कांग्रेसको क्षेत्रीय कार्यसमितिले थानीसहित चार जनाको नाम सिफारिस गरेको छ । यस्तै श्याम भारती, निरञ्जन केसी र कलमबहादुर खत्रीको नाम पनि प्रतिनिधिसभाको उम्मेदवारका लागि सिफारिस गरिएको हो ।
संस्थापन इत्तर पक्षका नेता थानी बलियो उम्मेदवार हुन् । उनी यही क्षेत्रबाट ०५१ सालदेखि निरन्तर चुनाव लड्दै आएका छन् । यद्यपि सुर्खेतमा योपटक संस्थापन पक्षको दवाब बढी छ । सुर्खेतमा कांग्रेसभित्रको इत्तर पक्षबाट थानी र संस्थापन पक्षबहादुर पूर्णबहादुर खड्काबीच निकै प्रतिस्पर्धा हुने गरेको छ ।
पहिलोप्रेस
१८ भाद्र २०७९, शनिबार १३:३७